Nepal Life

बढ्यो विदेशी मुद्राको सञ्चिति

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 18:30
बढ्यो विदेशी मुद्राको सञ्चिति
National Life

काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो। गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७१ करोड रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई रु १४ अर्ब १४ करोड पुगेको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत फागुन मसान्तमा २२ दशमलव दुई प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले वृद्घि भई रु दुई खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार, गत फागुन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक  प्रतिशत रहेको छ। चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव आठ महिनाको वस्तु आयात र १२ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया