Nepal Life

टाटा समूहको भिस्तारा संकट : हुँदैछ ठूलो संख्यामा उडान रद्द, किन दिँदैछन् पाइलट राजीनामा?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 09:01
टाटा समूहको भिस्तारा संकट : हुँदैछ ठूलो संख्यामा उडान रद्द, किन दिँदैछन् पाइलट राजीनामा?
Sanima Reliance

काठमाडौं । टाटा समूहको उड्डयन कम्पनी भिस्तारा विगत केही दिनदेखि गम्भीर समस्यामा परेको छ । कम्पनीका धेरै पाइलटहरु अचानक बिदामा गएका छन् । धेरै पाइलट एकैसाथ बिदामा गएकाले कम्पनीको सञ्चालन अवरुद्ध भएको छ । जसका कारण भिस्ताराले पछिल्लो दुई–तीन दिनमा १५० भन्दा बढी उडान रद्द गर्नुपरेको छ । कम्पनीले संकट सामाधानको प्रयास गरिरहेको छ तर अहिले संकट टरेको देखिँदैन ।

NIMB

भिस्ताराको यो संकट गत हप्ताको अन्त्यतिर बाहिर आएको थियो, जब यसका पाइलटहरू सामूहिक बिदामा गए। त्यसपछि कम्पनीले दैनिक उडान सञ्चालनमा समस्या भोग्न थालेको छ। सबैभन्दा पहिले, सोमबार १ अप्रिलमा कम्पनीले आफ्ना करिब ८० उडानहरू रद्द गर्‍यो। करिब ९० उडान डिले भए। कम्पनीको दैनिक तालिका उडानको संख्या करिब ३ सय रहेको छ । अर्थात् यो साताको पहिलो दिनदेखि विस्ताराका आधाभन्दा बढी उडान प्रभावित हुन थालेका छन् । मंगलबार विस्ताराका ५० उडान रद्द भए। पहिलो तीन दिनमा रद्द गरिएका उडानको संख्या १५० नाघेको छ।

टाटा समूहको यो उड्डयन कम्पनीको धेरै पाइलटहरूले राजीनामा दिएपछि संकट झन् गम्भीर बनेको छ। भिस्ताराका १५ पाइलटहरूले राजीनामा दिएका छन्। कतिपय भारतीय मिडियाहरुले त २१ पाइलटले राजीनामा दिएको उल्लेख गरेका छन्। राजीनामा दिएका वा अचानक बिरामी बिदामा गएका अधिकांश पाइलटले कम्पनीको ए ३२० विमानको फ्लीट सञ्चालन गर्ने गरेका सञ्चारमाध्यमले जनाएका छन्। कम्पनीको ७० वटा विमानमा सबैभन्दा धेरै ए ३२० विमान रहेका छन्। यसबाहेक बोइङ ७८७ विमान पनि रहेका छन् ।

भिस्ताराका पाइलटहरू तलबबाट असन्तुष्ट रहेको बताइएको छ । कम्पनीले फेब्रुअरीमा नयाँ तलब संरचना घोषणा गरेको थियो जसमा प्रत्येक महिना ४० उडान घण्टाको लागि 'ग्यारेन्टेड पे' को प्रावधान छ। अघिल्लो संरचनामा ग्यारेन्टेड पे को घण्टा ७० थियो। यो परिवर्तनका कारण पाइलटहरूमा आफ्नो टेक होम तलब घट्ने डर छ।

तर, पाइलटको असन्तुष्टिको कारण यहीँ टुंगिँदैन । उनीहरुलाई विस्ताराको एयर इन्डियासँग गाभिने कुरासँग पनि चिन्ता छ। एयर इन्डियाको विनिवेश पछि यसलाई टाटा समूहले किनेको थियो। यसरी अहिले टाटा समूहका तीनवटा उड्डयन कम्पनी छन् । सञ्चालनलाई राम्रोसँग व्यवस्थित गर्न टाटा समूहले एयरलाइन्स व्यवसायको पुनर्संरचना गर्दैछ, जसअन्तर्गत एयर इन्डिया र भिस्ताराको मर्जर यस वर्षको अन्त्यसम्ममा हुने बताइएको छ।

भिस्ताराका पाइलटहरू मर्जरपछि आफ्नो करियरको सुरक्षाको चिन्तामा छन् । भिस्ताराको नयाँ रोस्टर व्यवस्थासँग धेरै पाइलटहरू असन्तुष्ट छन्। नयाँ रोस्टर प्रणालीले काम र जीवन सन्तुलनमा असर गरिरहेको उनीहरु बताउँछन् ।

ब्याकअप पाइलट नहुँदा विस्ताराको संकट गम्भीर बन्दै गएको छ । कम्पनीले मर्जरलाई ध्यानमा राखेर पाइलटको भर्ती सुस्त गरेको थियो । अहिले व्यवस्थापनको प्रयासका कारण आक्रोशित पाइलटहरु ट्रयाकमा फर्किने अवस्था देखिँदैन ।

टाटा समूह देशको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो व्यापार समूह मात्र होइन, योसँग उड्डयन क्षेत्रमा दशकौंको अनुभव पनि छ। भारतको पहिलो उड्डयन कम्पनी पनि टाटाले सुरु गरेको थियो, जुन पछि एयर इन्डियाको रूपमा चिनिन थाल्यो। एयर इन्डियालाई सरकारले राष्ट्रियकरण गरेको थियो, तर केही दशकको अन्तरालपछि एयर इन्डिया पुन: टाटामा फर्किएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार