Nepal Life

लगातार रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 13:00
लगातार रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज घट्यो
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु १ लाख ३२ हजार ७ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु १ लाख ३४ हजारमा कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो।

यस्तै, तेजाबी सुन पनि तोलामा रु १ हजार ३ सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु १ लाख ३३ हजार ३ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु  १ हजार ६ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार