Nepal Life

चार निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 14:40
चार निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस
Sanima Reliance

चितवन। भरतपुर महानगरपालिकाले ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ।

NIMB

महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो।

महानगरले ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ। महानगरपालिकाको योजना शाखाका प्रमुख इ सन्तोष आचार्यका अनुसार सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई एक वर्ष छ महिना कालोसूचीमा राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए छ महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार