Nepal Life

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, किन बढिरहेको छ सुनको भाउ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 16:26
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, किन बढिरहेको छ सुनको भाउ?
Sanima Reliance

काठमाडौं । सुनको मूल्यमा लगातार नयाँ रेकर्ड कायम हुँदै आइरहेको छ । यो साता पनि गत सातामा जस्तै सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमश बढिरहेको छ ।

NIMB

यसरी बढ्ने क्रममा साताको पाँचौ दिन अर्थात शुक्रवार पनि हालसम्मकै उच्च मूल्य कायम भएको हो । बुधबार तोलाकै एक लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

अमेरिकी रिजर्व बैंकको नीति, अमेरिकी डलरको मूल्यमा देखिएको मजवुति, द्वन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मूल्य उचाइमा पुगेको विश्लेषकहरुले बताएका छन् । त्यसैले गर्दा नेपाली बजारमा पनि यो साता सनुको मूल्य बढेको हो ।

साताको पहिलो दिन आइतबारको तुलनामा सोमबार पनि मूल्य बढेकोमा मंगलबार सामान्य घटेर बुधबारदेखि पुनः बढ्ने क्रममा हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम एक लाख १४ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ । साताको अन्तिम कारोबार भएको दिन शुक्रवार भने मूल्यमा घटेर प्रति १० ग्राम एक लाख १३ हजार ७८५ रुपैयाँ कायम भयो । पहिलो दिनको तुलनामा पछिल्लो दिन अर्थात शुक्रवारको मूल्य प्रति तोला १० ग्राम २ हजार ३ सय १५ रुपैयाँले बढि हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन सोमबार प्रति ग्राम १० ग्रामको एक हजार ३०७ रुपैयाँ कायम भएको थियो । यो मूल्य पाँचौ दिन विहीबार रेकर्ड कायम राख्दै प्रति १० ग्राम एक हजार ४०३ रुपैयाँ कायम भयो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया