NIMB Header 2
Nepal Life

नेपाल लाइफका अधिकर्ताद्धारा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान, ‘मनोबल बढाउने काम गर्न आग्रह’

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 05 18:42
नेपाल लाइफका अधिकर्ताद्धारा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान, ‘मनोबल बढाउने काम गर्न आग्रह’
National Life

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स बागमति प्रदेश समितिले नव वर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
NIMB

बागमति प्रदेश समितिका अध्यक्ष कपिल आचार्यको समापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघका वरिष्ठ उपाध्यक्ष नारायण दाहाल थिए । दाहालले बीमक समितिलाई कार्यक्रम आयोजना गरेको भन्दै बधाइ दिनुका साथै नयाँ वर्षकोको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम बहादुर केसी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयाल, नेपाल लाइफका सेल्स हेड उमापती पोखरेल, बीमक समिति नेपाल लाइफका केन्द्रिय अध्यक्ष गणेश अधिकारी थिए ।

कार्यक्रमलाई संबोधन गर्दै बीमक समिति नेपाल लाइफका केन्द्रिय अध्यक्ष अधिकारीले कम्पनीबाट झिना मसिना कुराहरुमा समस्या ल्याउने तथा नयाँ बीमा पोलिसी समयमा जारी नगर्ने जस्ता काम भइरहेको भन्दै यस्ता कार्यलाई सुधार गर्न आग्रह गरेका छन् ।

शुभकामना आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रमलाई संबोधन गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले यस भन्दा अगाडी अभिकर्ताहरुले पाउने कमिशन तथा इन्सेन्टिभ लगायतका सुविधाहरु ठुला शाखा कार्यालयहरुबाट समयमै जाने गरेको तर साना शाखाहरुबाट नजाने गरेको गुनासो सुनिए पछि अहिले १५/१५ दिन भित्रै केन्द्रबाट जाने व्यवस्था गरिएको बताएका छन् । कम्पनीले शाखा कार्यालयलाई समस्या नहोस् भनेर घरभाडादेखि लिएर भुक्तानीका अधिकाम्स कामहरु केन्द्रबाटै गरिरहेको भन्दै कयालले अव शाखा कार्यालयलाई व्यवसायमै केन्द्रित हुन अनुरोध गरेका छन् । उनले थपे ‘सम्पुर्ण प्रणालीलाई केन्द्रिकृत गरे सँगै सबै कुराहरु सिस्टमैबाटै भइरहेको हुँदा अहिले शाखा कार्यालयमा अन्य कामको भार कम हुँदै गइरहेको छ ।’

सेल्स हेड उमापती पोखरेलले कार्यक्रमलाई संबोधन गर्दै बीमा अभिकर्ता र कम्पनी विच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै दुबै पक्ष मिलेर अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

पेशागत बीमा अधिकर्ता संघका महासचिव ओम बहादुर केसीले अभिकर्ता र कम्पनी विच नङ र मासुको मात्रै नम्बन्ध नभइ मासु र रगत विचको सम्बन्ध भएको तर्क व्यक्त गरेका छन् । उनले भने ‘बीमा अभिकर्ता र कम्पनी विच नङ र मासुको भन्दा पनि मासु र रगत विचको सम्बन्ध हो । यदि रगत भएन भने मासुको कुनै अर्थ छैन रगत विना मासु सुकेर जान्छ तर नङ नहुँदा पनि मासु यथावत रहन सक्छ । त्यसैले मासुलाई जिवित राख्न रगत अनिवार्य भए जस्तै कम्पनीलाई चलायमान बनाउन अभिकर्ता अनिवार्य छ ।’

बजारमा जीवन बीमाको बारेमा १०० जना सँग बुझ्ने हो भने ७० जनाले नेपाल लाइफको नाम लिन्छन् तर अहिलेको बजार हेर्दा नेपाल लाइफको बजार हिस्सा २७ प्रतिशत मात्रै रहेको भन्दै केसीले उक्त ७० प्रतिशतलाई नेपाल लाइफ प्रति आकर्षित गर्नु पर्ने अवस्यकता रहेको बताएका छन् । उनले थपे ‘नेपाल लाइफले यस विषयमा अहिलेसम्म पनि विश्लेषण गर्न सकेको छैन । त्यसैले नेपाल लाइफको सञ्चालक समिति, उच्च व्यवस्थापनले नयाँ वर्ष २०८१ मा ७० प्रतिशतले नेपाल लाइफ भन्दै गर्दा किन २७ प्रतिशत मात्रै आइरहेका छन् भन्ने कुरालाई विश्लेषण गरेर अगाडी बढ्नु पर्छ ।’

अभिकर्ताहरुले हिजोका दिनमा जसरी यो मेरो कम्पनी हो भन्ने भावनाका साथ काम गर्दै आइरहेका थिए भोलिका दिनमा पनि यस्तो भावनाको विकास गर्नु पर्ने उनको धारणा रहेको छ ।  नयाँ वर्षले सञ्चालक, उच्च व्यवस्थापक र अभिकर्ताहरु माझ उर्जा ल्याओस भन्दै सबैले शुभकामना आदान प्रदान गरेका छन् । उनिहरुले कम्पनीलाई अभिकर्ताको मनोबल बढाउन आग्रह गरेका छन् ।  

कार्यक्रममा अतिथिको रुपमा सिताराम पन्त, दुर्गा भट्टराई, सिता दाहाल, सुन्दर बोल्जु, विन्दा थापा, सपुत चन्द्र खनाल, बद्रिनाथ ढकाल, रामचन्द्र बन्जाडे, तेजमणी शर्मा, गिता कार्की, लिला अधिकारी, राजु शर्मा, शान्ता पाण्डे, सरोज सिवाकोटी, केशरी दाहाल, गोगन पराजुली, निर बहादुर श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

अभिकर्ताहरुले एउटै बीमा पोलिसी आउन एक वर्ष नलागोस भन्दै शुभकामना दिएका छन् । उनिहरुले कम्पनी समक्ष समय सापेक्षा बीमा पोलिसीको अपेक्षा गरेका छन् । उनिहरुले बजारमा नेपाल लाइफको बारेमा बुझेका ७० प्रतिशतलाई कम्पनी प्रति आकर्षित गर्न सक्ने अवस्था बन्नु पर्ने बताएका छन् ।

शाखाको अध्यक्षको तर्फबाट हेटौडका अध्यक्ष प्रल्लाद अर्यालले शुभकामना व्यक्त गरेका थिए भने शाखाहरुको तर्फबाट पाटन शाखा प्रमुख सञ्जोग केसी, कर्मचारीहरुको तर्फबाट महासचिव दन्त केशरी दाहालले शुभकामना व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया