NIMB Header 2
Nepal Life

१९ वर्षीया युवती जो बनिन् विश्वकै कान्छी अर्बपति

National Life
  • BFIS News
  • 2024 Apr 06 08:48
१९ वर्षीया युवती जो बनिन् विश्वकै कान्छी अर्बपति
Sanima Reliance

काठमाडौं । फोर्ब्सले हालै विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । यसमा कुल २७८१ जनाले स्थान पाएका छन् । यो सूचीमा १९ वर्षीया युवतीले पनि स्थान बनाएकी छिन् ।

Shikhar
NIMB

फोर्ब्सको अर्बपतिको सूची अनुसार ब्राजिलकी १९ वर्षीया विद्यार्थी लिभिया भोइगटले विश्वकै कान्छी अर्बपतिको उपाधि जित्न सफल भएकी छन् । यसअघि यो उपाधि १९ वर्षीया इटालियन युवती क्लेमेन्टे डेल भेचियोको नाममा थियो । उनी लिभिया भन्दा दुई महिना मात्र जेठी छिन्।

विश्वकै कान्छी अर्बपतिको उपाधि जितेकी लिभिया व्यवसायिक परिवारकी हुन् । उनको पारिवारिक कम्पनी ब्राजिलको शीर्ष मोटर निर्माण कम्पनीहरू मध्यको एक हो।

WEG नामको यो मोटर कम्पनीमा लिभियाको सबैभन्दा ठूलो व्यक्तिगत हिस्सेदारी छ। यो कम्पनी लिभियाको हजुरबुवा वर्नर रिकार्डो भोइगटद्वारा सुरु गरिएको थियो। फोर्ब्सका अनुसार लिभियाको कुल सम्पत्ति करिब १.१ बिलियन डलर छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार