Nepal Life

बीमा कम्पनी मर्ज भए पनि कर्मचारी विच मर्जर हुन सकेन, जिम्मेवारी विहिन बनाउदा जागिर छाड्न बाध्य

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 11:22
बीमा कम्पनी मर्ज भए पनि कर्मचारी विच मर्जर हुन सकेन, जिम्मेवारी विहिन बनाउदा जागिर छाड्न बाध्य
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मर्जर मार्फत संख्या घटाउने नीति सफल भए पनि कर्मचारी विचको मर्जर भने अझै हुन सकेको छैन । प्राधिकरणले दुई कम्पनी मर्जर हुँदै गर्दा पुर्वत रुपमा खाइपाइआएको तलब सुविधा र पद घटाउन नपाउने व्यवस्था गरे पनि व्यवहारिक रुपमा भने यो विषय पेचिलो बनेको छ ।

NIMB

मर्जर पछि जुन सुकै कम्पनीमा एउटा पक्ष हाबी हुने गरेको छ । जुन पक्षको हाबी हुन्छ उसले अर्को पक्षलाई साथ नलिने कार्यशैलीले गर्दा बीमा कम्पनीबाट जागिर छाड्नेको लहर चलेको छ । मर्जर पछि एउटै पद र जिम्मेवारीका लागि दुई वा सो भन्दा बढी कर्मचारी छन् । यसो हुने वित्तीकै प्रमुख कार्यकारी अधिकृतहरुले समेत आफुले सोचे अनुरुपले काम गर्न पाइरहेका छैनन् । मन नमिले पछि अन्य समुहको व्यवसाय लिनै नमान्ने सम्मका अवस्था सिर्जना भएका छन् । त्यहि व्यवसाय आफ्नो पक्षका व्यक्तिले ल्याएमा ठिको अर्को पक्षले ल्याएमा बेठिक भन्नेसम्मका गुनासो सुनिने गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत र सञ्चालकले सबै पक्षलाई सन्तुलित रुपमा लैजान नसक्दा ठुलो समस्या सिर्जना भएइरहेको छ । कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठुलो भुमिका प्रमुख कार्यकारी अधिकृतको हुन्छ । तर कुनै एउटा कम्पनी हाबी भएको ठाउँमा अर्को कम्पनीका कर्मचारीले जिम्मेवारी नै नपाउने अवस्था छ । एउटै भुमिकाका लागि दुई जना कर्मचारी हुँने वित्तीकै स्वभाविक रुपमा अर्को कर्मचारीले अवसर पाउनै सक्दैन ।

कतिपय कम्पनीमा प्रमुख कार्यकारी अधिकृतले नायव प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारी नै नदिनेसम्मको गुनासो सुन्न सकिन्छ । यसले गर्दा उच्च व्यवस्थापनमा मात्रै नभएर तत्लो तहका कर्मचारीले समेत जागिर छाडेर हिड्नु परेको एक उच्च व्यवस्थापन तहका कर्मचारीले बताए । कतिपय डिसिइओ केवल दाबी फारम तथा चेकमा हस्ताक्षर गरेर दिन काटीरहेका छन् ।

जिम्मेवारी नपाउने वित्तीकै सिइओ र नायव प्रमुख कार्यकारी अधिकृत विच दुरी बढ्दै जान्छ । यस सँगै उच्च व्यवस्थापन तहका कर्मचारीले आफु भन्दा तल्लो तहका कर्मचारीलाई असन्तुष्ठ व्यक्त गर्छन् । अन्ततः तल्लो तहका कर्मचारी समेत हतोत्साहित हुन्छन् ।

तत्लो तहका कर्मचारीले आफ्नो वृत्ती विकास कसरी गर्न सकिन्छ भनेर सोचिरहेको हुन्छन् । मर्जर पछि एउटा विभागबाट अर्को विभागमा काम गर्न पाउने अवसर रहदैन । कतिपय कर्मचारीको गरिरहेको काम पनि खोसिएको छ । नयाँ अवसरको खोजिमा रहेका कर्मचारीलाई काम विहन बनाउने वित्तीकै उसले स्वभाविक रुपमा अन्य उपायहरु खोज्न थालिहाल्छ ।

कम्पनी मर्जर भए पनि कर्मचारीहरु विचमा साविक कम्पनीको रुपमा चिनारी हुन्छ ।  यसरी दुई कम्पनी भौतिक रुपमा मर्ज भएता पनि भावनात्मक रुपमा एक हुन सकेको छैन ।  

गलत समयमा मर्जर

समग्र अर्थतन्त्रमै गिरावट भएको समयमा मर्जर भयो । आर्थिक मन्दीले गर्दा ब्यवसाय विस्तार त परको कुरा भइरहेको व्यवसाय कसरी टिकाउने भन्ने अवस्था छ । यदि बजार विस्तार गर्न सकिने अवस्था हुन्थ्यो भने कम्पनीहरुले शाखा विस्तार गरेर सहजै कर्मचारी व्यवस्थापन गर्न सक्ने अवस्था रहन्थ्यो । जीवन र निर्जीवन दुबै बीमा व्यवसायमा मन्दी छ ।

आर्थिक मन्दीले गर्दा नयाँ व्यवसाय सुरुवात हुन सकेको छैन । महंगी आकासिदा बचत छैन । मानिसको बचतमा बृद्धि नहुने वित्तीकै जीवन बीमा व्यवसाय सुस्ताउछ । मोटर तथा गाडीको आयातमा उल्लेख्य बृद्धि छैन । नयाँ उद्योग व्यवसाय सुरुवात हुन सकेको छैन । जेनतेन व्यवसाय गरिरहेकाले पनि बीमालाई खर्चको रुपमा हेर्छन् । यसले गर्दा अहिलेको समय मर्जरका लागि उपयुक्त थिएन ।

कम्पनी उच्च व्यवस्थापन र लगानीकर्ताले यस्तो समयमा मर्जर गरेर खर्च कटौती गर्न सफल भएको भन्दै विश्लेषण गर्लान् तर एक दशकदेखि काम गर्दै आएको र यहि क्षेत्रमा काम गरौ भनेर भित्रिएका कर्मचारीको करिअरमा भने धक्का पुर्यायो ।

कर्मचारीको रोजी रोटी खोसिदै

बीमा क्षेत्रमा लामो समय काम गर्दै आएका कर्मचारीहरु बाहिरिन बाध्य भइरहेका छन् । १० औ वर्ष लगाएर बल्ल बल्ल उच्च व्यवस्थापन तहमा पुगेका कर्मचारीहरुले राम्रो सँग काम गर्न नपाउदै जागिर छाड्नु परिरहेको छ । चार्टर्ड एकाउन्टेन्ट तथा प्राविधिक रुपमा बलिया व्यक्तिहरुले अन्य ठाउँमा काम पाउलान् तर सामान्य किसिमका कर्मचारीले तत्काल अर्को कम्पनीमा जागिर पाउन सक्दैनन् ।

मर्जरका कारण अन्य कम्पनीहरुले पनि कर्मचारी कटौती गर्ने रणनीति बनाउदै गर्दा आफुले जागिर पाउन सक्छु भन्ने कन्फिडेन्स पनि सकैमा छैन । क्षमता हुनेले अन्य कुनै फिल्डमा आफुलाई लैजान सक्लान तर पुर्ण रुपमा बीमामै काम गर्दै आएका कर्मचारीका लागि पनि मर्जर अवसर भन्दा पनि अभिषाप बनेको छ । कम्पनीले दिने तलब सेवा सुविधाबाट घर चलाउदै आएका कर्मचारीले जागिर छाड्ने वित्तीकै कसरी चलाउने ? हिजोका दिनमा राम्रो तलब सेवा सुविधा थियो । त्यहि अनुसार छोराछोरीलाई पनि महंगो स्कुलमा अध्ययन गराउदै आएकोमा अव भोलिका दिनमा तिनलाई के गर्ने ।

भिआरएस दिनु भन्दा पेलेर कर्मचारी घटाउने रणनीति

बीमा कम्पनीहरुले ओभर स्टाफिङलाई व्यवस्थापन गर्न कि त व्यवस्था विस्तार गर्नु पर्छ होइन भने भिआरएस ल्याएर कर्मचारीलाई घर पठाउनु पर्छ । स्वेच्छिक अवकास योजना ल्याउदा पनि कम्पनीले ठुलो मूल्य चुकाउनु पर्छ । भिआरएसमा हुने खर्चबाट तिनै कर्मचारीलाई अर्को एक वर्षसम्म पाल्न सकिने रणनीतिका साथ बीमा कम्पनीहरुले भिआरएस ल्याउन चाहेनन् ।

यदि भिआरएस सुविधा ल्याएको भए अन्यन्त्र अवसर देख्नेहरुले जागिर छाड्थे भने अन्य अवसर नदेख्नेहरुले जागिरलाई निरन्तरता दिन्थे । अहिले जसरी कामै नपाएर, हेपिएर, भुमिका नपाएर, नसक्ने स्थानमा सरुवा गरिदिएका कारण जागिरै छाड्नु पर्ने थिए । अहिले जति पनि मर्जर सम्पन्न भएका कम्पनी छन् ति सबैमा दिनहुँ जागिर छाड्नेको क्रम बढ्दो छ ।

एक कर्मचारीले भने ‘यदि भिआरएस दिएको भए भिआरएसबाट प्राप्त हुने पैसाबाट केहि गर्न सकिन्थ्यो । अव जागिर छाड्दा न हातमा दुई पैसा हुन्छ नत उमेर, न त  अन्य अवसर नै’ जो कर्मचारी बस्न चाहदैनन् उनिहरुलाई त्यतिकै निष्कने बनाउनु भन्दा भिआरएस दिएर विदाइ गरिएको भए उनिहरुले जीवनमा फलानो कम्पनीमा काम गर्थे भनेर गर्वका साथ भन्ने थिए । कर्मचारीले यस विषयमा कम्पनी व्यवस्थापनलाई नभनेका पनि होइनन् । तर उनिहरुले हामी सोच्छौ, योजना बनाउदै छौ भन्ने किसिमका बनावटी जवाफ दिन्छन् । ‍

यस्तो कार्यशैलीले अन्य कर्मचारीको पनि मनबोलब बढ्न सक्दैन । कम्पनीले चाह्यो भने आफ्नो जागिरको कुनै सुनिश्चितता रहेनछ भन्ने सन्देश प्रवाह भएको छ ।

बीमा कम्पनीहरुमा मर्जर पछि केहि केहि समस्या देखिन थालेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । हिजोका दिनसम्ममा प्राधिकरणको काम दुई कम्पनीलाई एक बनाएर मर्जर गराउने थियो । अवका दिनमा मर्जर पछि सिर्जना भएको समस्यालाई विस्तारै समाधान गर्दै लगिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया