Nepal Life

सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोला किन्न एक लाख ३५ हजार ६०० रुपैयाँ चाहिले

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 14:10
सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोला किन्न एक लाख ३५ हजार ६०० रुपैयाँ चाहिले
Sanima Reliance

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु. एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु. एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन रु. एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु. एक हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य रु. एक हजार छ सय १५ मा कारोबार भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया