Nepal Life

सिटिजन्स बैंकका ग्राहकलाई स्काई वाकमा छूट

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:26
सिटिजन्स बैंकका ग्राहकलाई स्काई वाकमा छूट
Sanima Reliance

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित वोन्डर्स नेपाल प्रालि (स्काई वाक)बीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका कार्डवाहक ग्राहकले स्काई वाकको टिकट खरीद गर्दा १० प्रतिशतसम्मको छूट पाउने भएका छन् । 

NIMB

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाईबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया