Nepal Life

बाढीले क्षति पुर्याएका आयोजनाको कर्जालाई पुनर्तालिकीकरणको व्यवस्था गर्न अर्थसमितिको राष्ट्र बैंकलाई निर्देशन

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 17:54
बाढीले क्षति पुर्याएका आयोजनाको कर्जालाई पुनर्तालिकीकरणको व्यवस्था गर्न अर्थसमितिको राष्ट्र बैंकलाई निर्देशन
Sanima Reliance

काठमाडौं । अर्थसमितिले गएको जेठमा बाढीले क्षति पुर्याएका आयोजनाको कर्जाको व्याजलाई पूँजीकरण गरि पुनरतालिकीकरणको व्यवस्था थर्न निर्देशन दिएको छ । 

NIMB

समितिले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिदै नेपालको पुर्वी भागमा जेठ ३२ गतेदेखि असार २ गतेसम्मको अविरल वर्षका कारण आएको बाढी पहिरोले क्षति पुर्याएका जलविद्युत आयोजनामा यस्तो व्यवस्था गरिदिन निर्देशन दिएको हो । समितिले यसको विषयमा ७ दिन भित्र आवश्यक पत्राचार गर्न समेत निर्देशन दिएको छ । 

सो अवधिमा बाढी पहिरोले दर्जन भन्दा बढि आयोजनामा १० अर्ब भन्दा माथिको क्षति पुर्याएको थियो । यसरी क्षति पुग्दा आयोजनाको लागत बढ्नुका साथै निर्माण कार्यमा पनि अवरोध पुर्याएको छ । 

अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई पनि पत्राचार गर्दै धितोपत्र निष्काशन सम्बन्धी नियमावली संशोधन गरि सहजिकरण गरिदिन निर्देशन दिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया