राजस्व घटाउनु पर्नेगरी बजेट ल्याउनु हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा

  • BFIS News
  • 2024 Apr Mon 12:59
राजस्व घटाउनु पर्नेगरी बजेट ल्याउनु हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजस्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् ।  

आइतबार नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको प्रि–बजेट छलफल कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । उनले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताए । पूर्व अर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउन आग्रह गरेका छन् । संसद्ले पास गरेको विनियोजन ऐन, संसद्ले पास गरेको बजेटका आधारमा तय भएका राजस्वलाई ठुलो अनुपातमा घटाउँदै जाँदा कानुनको पद्धति, सरकार बजेटको सम्बन्ध र जनतासामु बजेटको सार गिर्ने उनको भनाइ छ । 

बजेटको सार र साख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने उनको सुझाव छ । उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यथार्थपरक बनाउन नसके गत वर्षजस्तो हुने बताए । उनले गत वर्ष राजस्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताए ।

उनले भने, ‘बजेटको साख नगिराऔंं । अनुमानयोग्य कुरालाई मात्र अनुमान राखौँ । विश्वसनीय कुरा मात्र राखौँ । यस्ता समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरेर त्यसको आधारमा बजेट नबनाऔँ । अर्ध वार्षिक समीक्षामा १० प्रतिशतभन्दा बढीका हिसाबले कटौती गर्नु वा राजस्व घटाउनुपर्ने स्थितिमा नजाऔँ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया