Nepal Life

लगानी सम्मेलनअघि नै उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकार

National Life
  • BFIS News
  • 2024 Apr Mon 19:17
लगानी सम्मेलनअघि नै उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकार
RBB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन्।

NIMB

नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको १८ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरे। सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ।

मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भने, “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ।”

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार