Nepal Life

ग्रिन डेभलपमेन्ट बैंकको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 07:42
ग्रिन डेभलपमेन्ट बैंकको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ। फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम बैंकको दशौं र एघारौं वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो।

NIMB

पोखरामा रहेको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइटमा आयोजना हुने सभामा आव २०७८/७९ सम्मको मुनाफाबाट ३.८ प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै दुई आवको वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा सर्वसाधारण शेयरधनीकातर्फबाट दुईजना र संस्थापक शेयरधनीका तर्फबाट तीनजनाको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्तावसमेत पारित हुनेछ।  

यसैगरी सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले गत चैत ९ गते बुक क्लोज गरिसकेको छ। यसर्थ चैत ८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन सक्नेछन्। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया