Nepal Life

'मुलुकको अर्थतन्त्र रेमिट्यान्स र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्नु हुँदैन'

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 15:20
'मुलुकको अर्थतन्त्र रेमिट्यान्स र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्नु हुँदैन'
Sanima Reliance

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् ।

NIMB

मंगलवार नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुननसक्ने बताए ।

श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवर्द्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा उनले जोड दिए । पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको श्रेष्ठको भनाइ छ।

‘पुँजी वृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा  कम गर्ने ती विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तीव्र बनाउनु, उत्पादन र रोजगारीमा वृद्धि गर्नु, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ । यो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनु पर्ने आवश्यकता हुन्छ ’, मन्त्री श्रेष्ठले भने।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार