Nepal Life

सगरमाथा लुम्बिनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्विरोध निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 16:11
सगरमाथा लुम्बिनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्विरोध निर्वाचित
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौमा सम्पन्न भएको हो । 

NIMB

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले साबिकको सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. एकापसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरूको बारेमा शेयरधनीहरूलाई बिस्तृत रूपमा जानकारी गराए ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी तथा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरूलाई पांच प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ ।

सभामा १७ जना शेयरधनीहरूले आ-आफ्नो मन्तब्य राखेका थिए । यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका छन् । बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्बिरोध निर्बाचित भएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया