Nepal Life

नेपाल लाइफको हालसम्मको बीमा शुल्क आर्जन २ खर्ब ४४ अर्ब, दाबी भुक्तानी ७२.६५ अर्ब पश्चात कोषमा एक खर्ब ८३ अर्ब

National Life
  • BFIS News
  • 2024 Apr Tue 20:02
नेपाल लाइफको हालसम्मको बीमा शुल्क आर्जन २ खर्ब ४४ अर्ब, दाबी भुक्तानी ७२.६५ अर्ब पश्चात कोषमा एक खर्ब ८३ अर्ब
RBB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरु सँग हालसम्म २ खर्ब ४४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क आर्जन नेपालकै बीमा क्षेत्रमा सर्वाधिक धेरै रहेको कम्पनीको दाबी छ । नेपाल लाइफका अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरु नेशनल लाइफ, एलआइसी नेपाल तथा मेटलाइफको धेरै यो भन्दा धेरै कम छ । दुई दशक भन्दा लामो अवधि विताइसकेको नेपाल लाइफ एक दशक भन्दा धेरै लामो समयदेखि मार्केटको लिडर कम्पनी हो ।

NIMB

कम्पनीले यस अवधिसम्ममा बीमितहरु सँगै बीमा शुल्क मात्रै संकलन गरेको छैन बीमितलाई ७२ अर्ब ६५ करोड रुपैयाँ दाबी भुक्तानी पनि गरिसकेको छ । आजको दिनमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब ८३ अर्ब रुपैयाँ भन्दा धेरै रकम रहेको छ ।  

कम्पनीले शेयरधनीलाई पनि विगतका वर्षमा आकर्षक लाभांश वितरण गर्दै आइरहेको छ । लाभांशबाटै कम्पनीले चुक्ता पूँजी ८ अर्ब २० करोड पुर्याएको छ । हाल कम्पनीको दैवी विपद कोषमा एक अर्ब ४ करोड र जगेडा कोषमा एक अर्ब ३ करोड रहेको छ ।

नेपाल लाइफले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक साधारणसभा एकै पटक आयोजना गर्ने योजना बनाएको छ । पहिलो २०७८/७९ सम्मको मुनाफाबाट एफपिओ मार्फत आर्जन गरेको प्रिमियममा कर भुक्तानी गर्नु परेपछि लाभांश दिन सकेन । तर आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट भने केहि लाभांश दिन सक्ने क्षमता राख्छ । यसले गर्दा पनि कम्पनीले लाभांश सहित साधारणसभा आह्वान गर्ने योजना बनाएको छ । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको कम्पनीले प्राधिकरणबाट स्वीकृती पाउने वित्तीकै साधारणसभा आह्वान गर्नेछ ।

नेपाल बीमा प्राधिकरण फ्युचर बोनस प्रोभिजनिङको व्यवस्था गरे सँगै विगतका वर्षको तुलनामा केहि पोलिसीमा बोनसदर घटे पनि दीर्घकालिन पोलिसीमा भने बोनसदर यथावत रहेको छ । छोटा अवधिका र मनि व्याक पोलिसीमा बोनसदर घटे पनि अन्य पोलिसीमा कुनै पनि असर पुर्याएको देखिदैन । जुन आवश्यक पनि थियो । कम्पनीले ५० प्रतिशत भन्दा धेरै फ्युचर बोनस प्रोभिजनिङ गरिसकेकाले आगामी वर्षमा बोनसदर बढाउन सक्ने देखिन्छ ।

नेपाल लाइफको बजार हिस्सा २७ प्रतिशत भन्दा माथि छ । चरम आर्थिक मन्दीमा पनि विद्यमान अभिकर्ता च्यानल तथा संरचनाबाटै पुरानै गतिमा बीमा शुल्क आर्जन गर्न सक्नु नै नेपाल लाइफको ठुलो सफलता हो । भोलिका दिनमा अर्थतन्त्रमा सुधार हुँदै गर्दा त्यसको पहिलो फाइदा लिने कम्पनीमा नेपाल लाइफ नै पर्नेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार