Nepal Life

नेपाल लाइफद्वारा खड्काको परिवारलाई मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 22:03
नेपाल लाइफद्वारा खड्काको परिवारलाई मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बीमितको असामयिक निधन भएपछि आश्रित परिवारलाई दाबी भुक्तानी दिएको छ ।

NIMB

कम्पनीको धनकुटा उपशाखाले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्समा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारिको शीलसिलामा मलेसिया गएका मित्रबहादुर खड्काको मुटुमा आएको समस्याले २०८० माघ ६ गते मलेसियामा निधन भएको थियो ।

उक्त उपशाखाले बीमा बापतको १४ लाख रुपैयाँको चेक उनको श्रीमती सुशिला खत्रीलाई हस्तान्तरण गरेको हो । उत्त कार्यक्रममा कम्पनीका वरिष्ठ एजेन्सि म्यानेजर दिपेन्द्र निरौला, एजेन्सी म्यानेजरहरु वेशराज खत्री र कमल बहादुर खत्रीको उपस्थिती थियो । बीमाले घटिसकेको घटनालाई घटना हुनुभन्दा पहिला कै अवस्थामा त ल्याउदैन तर घरको मुख्य अभिभावकको अभावमा परिवारमा आउने चरम आर्थिक संकटलाई कम गर्न बीमा बापतको पैसाले सहयोग गर्ने धनकुटा उपशाखा प्रमुख निमेन्द्र लिम्बुले बताएका छन् ।

बीमा हरेक नागरिकको साथी हो । जसले भोलीको दिनमा बीमा मार्फतको एकमुष्ठ रकमले परिवारमा समृद्धि ल्याउन साथै भविष्यमा निम्तिने मानविय जोखिमहरु जस्तै दुर्घटनाबाट असक्तता भएमा, लोन सुविधा चाहिएमा, घातक रोगहरु लागेमा ५० लाखसम्मको उपचार खर्च सुविधा, र मृत्यूलाभ सुविधा पाउन सकिन्छ भने सरकारी साथै गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारिहरुलाइ बार्षिक ४०,००० रुपैयाँमा कर छुटको सुविधा नेपाल सरकारले व्यावस्था गरेको कम्पनीका धनकुटा उपशाखा प्रमुख लिम्बुले जानकारी गराए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया