NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Apr 10 08:04
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ।

Shikhar
NIMB

कम्पनीले आजदेखि १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएको जानकारी दिएको छ। विद्यमान संस्थापक शेयरधनीले उक्त शेयरमा खरिद आवेदन दिन पाउनेछन्। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ।

खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा जेठ १ गतेसम्म आवेदन दिनसक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार