Nepal Life

नेप्सेको सीइओमा कृष्णबहादुर कार्की

Citizen Life
  • बिएफआईएस न्युज
  • 2022 Feb 04 19:35
नेप्सेको सीइओमा कृष्णबहादुर कार्की
Everest Bank

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्।  

मन्त्रिपरिषद्को माघ १७ को बैठकले कार्कीलाई नेप्से सीइओको जिम्मेवारी दिएको हो। 

सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका कार्कीले पुँजीबजारबारे राम्रो दख्खल राख्ने बताइन्छ। निजामती सेवामा उपसचिव रहिसकेका उनी यसअघि बुढीगण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजक थिए।

पदीय मर्यादाविपरीत सर्वोत्तम सिमेन्टको सेयरको आन्तरिक कारोबारमा विवादित भएपछि चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीइओबाट राजीनामा दिएका थिए। 

त्यसयता रिक्त रहेको उक्त पदको प्रतिस्पर्धामा तीनजना थिए। जसमा कार्कीसहित डा. केशव श्रेष्ठ र रमेश भण्डारी सीइओको दौडमा थिए। भण्डारी र श्रेष्ठलाई पाखा लाएर कार्की नेप्सेको सीइओ बन्न सफल भएका हुन्।

साउदले राजीनामा दिएपछि गत कात्तिकमा अर्थमन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्यसहितको नेप्सेको सीइओ छनोटका लागि सिफारिस समिति गठन भएको थियो। समितिले कात्तिक दोस्रो साता नेप्सेको सीइओका लागि १५ दिनको अवधि राखेर आवेदन आह्वान गरेको थियो। 

त्यसमा ११ जनाले आवेदन दिएका थिए। तीमध्ये पाँच जना सर्टलिस्टमा परेका थिए। गत पुस २६ मा त्यसबाट प्रवीण पन्दाक र रमेश घिमिरेलाई पनि अस्विकृत गर्दै समितिले बाँकी तीन जनामध्येबाट नेप्से सीइओमा नियुक्तिका लागि अर्थम‍न्त्रालयमार्फत मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो। 

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया