Nepal Life

सहिद स्मारक कलेज कीर्तिपुरलाई कृषि विकास बैंककाे सहयोग

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Wed 21:43
सहिद स्मारक कलेज कीर्तिपुरलाई कृषि विकास बैंककाे सहयोग
Sanima Reliance

काठमाडौं । कीर्तिपुरको सामुदायिक र सबैभन्दा पुरानो क्याम्पस सहिद स्मारक क्याम्पसलाई कृषि विकास बैंकले चार लाख रुपैयाँ बराबरको फर्निचर र अन्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले क्याम्पसको लागि फर्निचर र अन्य सामाग्री हस्तान्तरण गरेको हो ।

NIMB

क्याम्पसका सञ्चालक समितिका अध्यक्ष शम्भुराम महर्जनको अध्यक्षतामा आयोजना भएको एक कार्यक्रममा बैंकको तर्फबाट क्याम्पसलाई आर्थिक सहयोग हस्तान्तरण भएको हो । कार्यक्रममा प्रमुख अतिथि कृषि विकास बैंकका बरिष्ठ उपमहाप्रवन्धक प्रताप सुवेदीले क्याम्पस संचालक समितिका अध्यक्ष शम्भुराम महर्जन र क्याम्पस प्रमुख मिलनमान महर्जनलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी तथा क्याम्पस प्रमुख र प्राध्यापकहरुको उपस्थिति थियो । कार्यक्रम क्याम्पसका सहायक प्रमुख सन्जय ज्ञवालीले संचालन गरेका थिए ।

कार्यक्रममा कृषि विकास बैंकका प्रदेश कार्यलय बाग्मतीका मुख्य निर्देशक उपमहाप्रवन्धक मिनराज पोखरेल, कीर्तिपुर शाखाका प्रबन्धक जिबलाल खनाल, शाखा प्रमुख मदुसुदन खकुरेलको उपस्थिति थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथि प्रताप सुवेदीले सहिद स्मारक क्याम्पसको वार्षिक मुखपत्र सहिद बिम्बको समेत बिमोचन गरेका थिए । ७७ जिल्लाका १५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सो क्याम्पस गुणस्तरिय शिक्षाका लागि समेत आकर्षक गन्तव्य बनेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया