Nepal Life

सर्भेयर संघद्धारा नव वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 13:26
सर्भेयर संघद्धारा नव वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । बीमा सर्भेयर संघ नेपालको नयाँ कार्यसमितिले नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष फत्त बहादुर केसी, नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे सहित ५० जना भन्दा धेरै सर्भेयरहरुको उपस्थिति रहेको थियो ।

NIMB

सर्भेयर संघको नवौ कार्यसमितिका समापती मोहनपुरुष ढकालको सभापतित्वमा आयोजना भएको कार्यक्रमलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरुलाई धेरै नै जिम्मेवार भएर काम गर्न अनुरोध गरेका छन् ।

बीमाको दाबी प्रकृयाँलाई कसरी छिटो र छरितो ढङ्गबाट अगाडी लैजान सकिन्छ भन्ने कुरा सर्भेयरको हातमा रहेको भन्दै सर्भेयरकै कारण दाबी भुक्तानीमा ढिलाइ भएको भन्ने गुनासाहरुलाई कम गर्न समेत आह्वान गरेका छन् । उनले भने ‘यदि सर्भेयरले ढिला रिपोर्ट पठाएमा बीमितलाई ठुलो असर पर्छ । आज प्राप्त गरेको दाबीको रकम र १ महिना पछि प्राप्त गर्ने दाबी रकममा धेरै फरक पर्छ त्यसैले तपाईहरुले जसरी पनि काम सकाउनै पर्नेछ ।’

सर्भेयर प्रतिवेदनमा ढिलाइ भयो भन्दै गुनासो प्राप्त भएकै कारण बीमा सेवालाई छिटो छरितो बनाउन प्राधिकरणले एउटा सर्भेयरलाई एक पटकमा ५ वटा र संस्थगत सर्भेयरलाई बढिमा १० वटा मात्रै काम लिन पाउने व्यवस्था गरिएको उनले स्पष्ट पारे । त्यसैले छिट्टै काम सकेर अर्को फाइलमा काम गर्ने वातावरण बनाउन उनले सुझाए ।

बीमा कम्पनी र सर्भेयरहरु विचमा रहेका समस्यालाई समाधान तथा सहजिकरण गर्न प्राधिकरण तयार रहेको उनले प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने ‘आफ्नो दक्षता र अनुभवलाई यो क्षेत्रमा प्रयोग गर्नु पर्छ । बीमा सर्भेयरको पारिश्रमिक बढाउने विषयमा बनेको समितिलाई छिट्टो प्रतिवेदन बुझाउन समेत अनुरोध गर्दछु ।’

कार्यक्रमलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष फत्त बहादुर केसीले निर्जीवन बीमा क्षेत्रमा तीन वटा महत्वपुर्ण पक्ष रहने भन्दै नियामक बीमा प्राधिकरण, बीमक र सर्भेयरले आ-आफ्नो भुमिका सहि ढङ्गबाट निभाउनु पर्ने प्रष्ट पारे । उनले थपे ‘सबै जनाले आ-आफ्नो क्षेत्रमा दक्षता प्राप्त गर्नुहोस् ।’

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सर्भेयर गयो कि यो इन्स्योरेन्स कम्पनीको मान्छे हो भन्ने भान हुने गरेको अवस्था रहेको भन्दै सर्भेयरलाई कम्पनीको तर्फबाट भन्दा पनि स्वतन्त्र पुर्वक काम गरेर यस्तो भावनालाई चिर्न अनुरोध गरेका छन् । हरेक दुखको पहिलो साक्षि सर्भेयर हुने भएकाले सर्भेयरहरुले बीमा पोलिसीमा रहेका व्यवस्था अनुरुप नियमले पाउनु पर्ने सम्पुर्ण सुविधाहरु दिलाइदिनको लागि प्रयत्न समेत गरिदिन सुझाव दिए । उनले भने ‘जायज तरिकाले पाउनु पर्ने कुराको मात्रै रिपोर्ट हुनु पर्यो । एउटै घटनालाई दुई जना सर्भेयर पठाउदा ठुलो ग्याप आउने गरेको छ । तर धेरै ठुलो फरक आउनु भएन ।’ उनले थपे, सर्भेयरले बीमितलाई दुख दिनु भएन । बीमितले पाउनु पर्ने कुरा पाउनु पर्यो ।

सर्भेयरका क्रममा जुन जुन कागजात आवश्यक पर्छ त्यो सबै पहिला नै जुटाउन समेत अनुरोध गरेका छन् । सुरुमै आवश्यक कागजात जुटाउने हो भने बीमितलाई पनि दुख नहुने र कम्पनीहरुलाई पनि सहज हुने उनको तर्क छ । उनले थपे ‘यदि हामीले बीमितलाई सन्तुष्ट मार्न सक्यौ भने मात्रै हाम्रो व्यवसाय बढ्ने हो त्यसैले यसमा बीमा सर्भेयरको भुमिका सबैभन्दा ठुलो छ ।’

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सर्भेयरहरुलाई स्वतन्त्र पुर्वक मूल्याङ्कन गरिदिन अनुरोध गरेका छन् ।सर्भेयरको काम समयमा हुनुका साथै सहि ढङ्गमा हुनु पर्ने तथा पारदर्शी बनाउन समेत उनले अनुरोध गरेका छन् । उनले सर्भेयररुलाई प्रविधिमैत्री हुन सुझाएका छन् । सर्भेयरहरु प्राविधिक रुपमा दक्ष हुने भए पनि व्यवहारिक रुपमा कमजोर हुने भएकाले सर्भेयरहरुले सकेसम्म बीमा कम्पनीमा एक दुई महिना भए पनि काम गर्नु पर्ने उनको भनाइ छ ।

संघका उप सभापती घन श्याम लेखकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सभापती मोहन पुरुष ढकालले सर्भेयरहरु पुर्ण रुपमा व्यवसायिक भएर काम गर्न प्रतिवद्ध रहेको बताएका थिए । उनले संस्थागत रुपमा सबैलाई नव वर्षको शुभकामना व्यक्त गर्नुका साथै नयाँ कार्यसमितिले नेपालको सर्भेयरको हकहित र व्यवसायिकताका लागि सधै अग्रपङ्तीमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।  संघले यहि अवसरमा नयाँ वेवसाइट समेत उद्घाटन गरेको छ । अव सर्भेयर संघमा आवद्ध हुन चाहनेले अनलाइनबाटै सदश्यता लिन सक्नेछन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया