Nepal Life

नयाँ वर्षको सुरुवातमै अधिकांश बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 08:02
नयाँ वर्षको सुरुवातमै अधिकांश बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर
Sanima Reliance

काठमाडौं । वैशाख महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसमा अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। एनआइसी एसिया, माछापुच्छ्रे, सानिमालगायतका बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले भने बढाएको छ।

२० वाणिज्य बैंकमध्ये १३ बैंकले निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। पाँच बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन् ।

NIMB

बैशाख महिनामा २० वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। सो बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशतका दरले ब्याज दिने भएको छ। एनएमबि बैंकले चैतको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.९७ प्रतिशतविन्दु बढाएको छ।

एभरेष्ट बैंकका व्यक्तिगत मुद्दती निक्षेपकर्ताले वैशाख महिनाका लागि अधिकतम ७ प्रतिशत ब्याजदर पाउने भएका हुन्।  
यो ब्याजदर चैत महिनामा बैंकले प्रदान गरेको अधिकतम ६.५० प्रतिशतको तुलनामा बढी हो।  बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि २ वर्ष अवधिका लागि ६.५० प्रतिशत र २ वर्षदेखि माथिका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि बढाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

एनआइसी एसिया बैंक लिमिटेडले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ। बैंकले चैत्र महिनाका लागि अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो।

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत, ३ महिनादेखि १२ महिनाका लागि ७.१०० प्रतिशत, १२ महिनाका लागि ७.७५० प्रतिशत, १२ महिनादेखि १८ महिनासम्मका लागि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ७.७५० प्रतिशत ब्याजदर दिने भएको हो।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ। बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ं२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले पनि वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१० प्रतिशत कायम गरेको छ। जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ७.२५ प्रतिशत ब्याजदरको तुलनामा कम हो।

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.७५ प्रतिशत,६ महिनादेखि १२ महिनाका लागि ६.५० प्रतिशत,१२ महिनादेखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि माथिको अवधिका लागि पनि ७.१० प्रतिशत ब्याजदर कायम गरेको छ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ। बैंकका संस्थागत निक्षेपकर्ताले वैशाख महिनाका लागि ६ महिनाभन्दा माथिको अवधिका लागि ६.१० प्रतिशत ब्याजदर पाउने छन्। चैत महिनामा संस्थागत निक्षेपकर्ताका लागि ६.२५ प्रतिशत ब्याजदरको रहेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले पनि वैशाखका लागि मुद्दती ब्याजदर घटाएको छ। व्यक्तिगत मुद्दतीमा अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.३५ प्रतिशत ब्याज दिने जनाएको छ । चैतमा भने व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ दिएको थियो । 

माछापुच्छ्रे बैंक लिमिटेडले पनि वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।  
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत कायम गरेको छ। चैत महिनामा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षका लागि ६.२५ प्रतिशत,१ वर्षदेखि देखि ३ वर्षसम्मका लागि ६.७५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि पनि ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ। चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो। बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्षसम्मका लागि ४.५० प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।

लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर रहेको थियो ।  

कृषि विकास बैंक लिमिटेडले भने वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। जसअन्तर्गत बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत र व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत लाई नै निरन्तरता दिएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले पनि वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा व्यक्तिगत र संस्थागत मुद्दती दुवैतर्फको निक्षेपको ब्याजदर घटाएको छ।
 
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७ प्रतिशत कायम गरेको छ। चैत महिनामा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.६० प्रतिशत ब्याजदर प्रदान गरेको थियो।  बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षका लागि ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

त्यस्तै संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत बनाएको छ। चैत महिनामा बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.६० प्रतिशत ब्याजदर प्रदान गरेको थियो। बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत र १ वर्षदेखि माथिका लागि ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम थियो ।  

कुमारी बैंक लिमिटेडले पनि व्यक्तिगत र संस्थागततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। वैशाख महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत ब्याजदर पाउने छन्। चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.५१ प्रतिशत ब्याजदर कायम गरेको थियो।

त्यस्तै संस्थागत तर्फ वैशाख महिनामा अधिकतम ६.२६ प्रतिशत ब्याजदर तोकिएको छ। चैत महिनामा अधिकतम ६.५१ प्रतिशत ब्याजदर तोकिएको थियो।

सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो । 

नेपाल बैंक लिमिटेडले पनि वैशाख महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशतमा पुर्‍याइएको छ। चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत रहेको थियो। बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ।  

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ। संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ। चैत महिनामा बैंकले संस्थागततर्फको मुद्दतीको ब्याजदर ५ प्रतिशत प्रदान गरेको थियो ।

प्रभु बैंकले पनि वैशाख महिनका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर रहेको थियो । 

नेपाल एसबीआई बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन चैत महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।  

नविल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।  

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया