Nepal Life

सोनापुर मिनरल्सले प्रिमियममा आइपओ निष्काशन गर्न पायो अनुमति

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 20:13
सोनापुर मिनरल्सले प्रिमियममा आइपओ निष्काशन गर्न पायो अनुमति
Sanima Reliance

काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा प्राथमिक शेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता २३७.५८ रुपैयाँको दरमा १ करोड २३ लाख २०० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

NIMB

कम्पनीले प्रति कित्ता १३७.५८ रुपैयाँ प्रिमियम सहित २३७.५८ रुपैयाँका दरले १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ संकलन गर्नेछ । कम्पनीले जारी पुँजीको ४० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको हो। 

कर्मचारीका लागि भने अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १२५ रुपैयाँ थप गरी २२५ रुपैयाँका दरले बिक्री गर्ने छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भने एनआईएमबीएस क्यापिटल रहेको छ ।

उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी सोनापुर मिनरल्स एण्ड आयलले अहिले सोना सिमेन्ट, सोनाली सिमेन्ट, सोनापुर सिमेन्ट, सोनाटेक सिमेन्ट, सोना चाँदी सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। तायाल समूहको लगानी रहेको सोनापुर मिनरल्सले २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया