Nepal Life

हुलदंगा आतङ्कवाद जोखिम समुहको कमिशन घटाउने विषयमा जुटेन सहमति, पुनर्बीमाले सञ्चालक समितिबाट निर्णय गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 21:23
हुलदंगा आतङ्कवाद जोखिम समुहको कमिशन घटाउने विषयमा जुटेन सहमति, पुनर्बीमाले सञ्चालक समितिबाट निर्णय गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हुलदंगा आतङ्कवाद जोखिम समुहको पुनर्बीमा कमिशन घटाउन नमाने पछि नेपाल बीमक संघ विचको छलफल विना निष्कर्ष टुङ्गिएको छ । नेपाल सरकारले हुलदंगा आतङ्कवाद जोखिम समुहको सम्पुर्ण व्यवसाय नेपाल पुनर्बीमालाई नै दिन निर्देशन दिए पछि नेपाल पुनर्बीमाले कमिशन नै घटाइदिएको थियो ।

NIMB

यसरी खाइपाइआएको कमिशन घटे पछि कम्पनीहरुले चर्को विरोध गर्दै आइरहेका छन् । सरकारको निर्देशनमा बीमा प्राधिकरणले गएको वर्ष यस जोखिमको ६० प्रतिशत नेपाल पुनर्बीमाले बेहोर्ने र बाँकी ४० प्रतिशत हिमालयन रिइन्स्योरेन्स कम्पनीले बेहोर्ने निर्णय गरेको थियो । यस्तो जोखिमलाई विदेशी पुनर्बीमा कम्पनीहरुले पुनर्बीमा गर्न अस्वीकार गर्ने भएकाले पुल मार्फत यस्तो पुनर्बीमा हुँदै आएको छ ।

नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीकै वार्षिकोत्सवको दिन एकलौटी रुपमा हुँदै आएको हुलदंगा आतङ्कवाद  व्यवसायलाई बाँडफाँड गरिदिएको थियो । हिमालयन पुनर्बीमालाई व्यवसाय पनि सियरिङ गरे पछि कम्पनीले रुष्टता पोख्दै आएको थियो । सोहि क्रममा यस वर्ष नेपाल पुनर्बीमाले राजनीतिक शक्तिको प्रयोग गरेर व्यवसाय पुनः आफ्नो हातमा ल्याएको हो ।

व्यवसाय त हातमा ल्यायो सँग सँगै बीमकहरुले पाउने कमिशन पनि १५ प्रतिशतले घटाइदियो । गत आर्थिक वर्ष २०७९/८० मा दुई पुनर्बीमा कम्पनीले ३७.५० प्रतिशतसम्म कमिसन दिएका थिए । तर, सो कमिसनलाई चालु आव २०८०/८१ मा भने साढे १२ प्रतिशतले घटाइएको छ । चालु आवमा सम्पत्ति बीमामा २५ प्रतिशत मात्रै कमिशन दिने प्रस्ताव गरिएको छ । यस्तै, मोटर बीमाको २० प्रतिशतमा झारिएको छ । जबकि गत आवमा भने ३० प्रतिशत र २५ प्रतिशत दिइएको थियो ।

यता, इञ्जिनियरिङ बीमाको २५ प्रतिशत कमिसनलाई १५ प्रतिशत र कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई १५ देखि २२ प्रतिशत कायम हुने गरि प्रस्ताव गरिएको छ ।

बीमक संघले पुरानै कमिशन कायम गरिनु पर्छ भन्दै अडान राख्दै आएका छन् । आज पुनर्बीमा कम्पनी र नेपाल बीमक संघ विच छलफल हुँदा नेपाल पुनर्बीमा कम्पनीले कमिशन बढाउने विषयमा प्रतिवद्धता भने व्यक्त गर्न सकेन । कम्पनीले कमिशन घटाउने कुरा छलफलबाट मात्रै सम्भव नहुने भएकाले यस विषयमा सञ्चालक समितिबाट पारित गर्नु पर्ने भन्दै छलफल नै स्थगन भयो । अव बीमकहरुले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको निर्णय कुर्ने भएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया