NIMB Header 2
Nepal Life

डा. गुणाकर भट्ट राष्ट्र बैंकबाट बाहिरिए, सहकर्मी र शुभेच्छुक प्रति कृतज्ञता व्यक्त

National Life
  • BFIS News
  • 2025 Oct 26 13:07
डा. गुणाकर भट्ट राष्ट्र बैंकबाट बाहिरिए, सहकर्मी र शुभेच्छुक प्रति कृतज्ञता व्यक्त
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफ्नो कार्यकाल समाप्त गर्दै संस्थाबाट बाहिरिएका छन्। उनले इमेल मार्फत सबै सहकर्मी र निकट सहयोगीहरूलाई कृतज्ञता प्रकट गरेका छन्।

Shikhar
NIMB

भट्टले भने, “नेपाल राष्ट्र बैंकमा विभिन्न भूमिकामा रहँदा मप्रति देखाउनु भएको सद्भाव, आत्मियता र असल मार्गदर्शनका लागि यहाँहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। जस्तोसुकै परिस्थितिमा जहाँ भए पनि यहाँहरूको निरन्तर स्नेहबाट द्रवीभूत हुने अवसर प्राप्त भई नै रहनेछ भन्नेमा विश्वस्त छु। मुलुक र प्रणालीका लागि यहाँहरूको कलमले विगतमाझैं निरन्तर सार्थक योगदान पुर्‍याउन सकोस्। हार्दिक आभार! शुभेच्छुक, गुणाकर भट्ट।”

डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदका प्रत्यासी पनि रहे। लामो समयको विवादपछि सरकारले प्रा. डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो। गभर्नर बन्नकै उद्देश्यले उनले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका थिए, तर राजनीतिक सहमति नजुट्दा अन्ततः उनलाई पछि सारिएको थियो।

नेपाल राष्ट्र बैंकको नियमअनुसार ३० वर्षे सेवा अवधि, ५८ वर्ष उमेर, उच्च निर्देशक तहमा १२ वर्ष र कार्यकारी निर्देशक तहमा ७ वर्ष पूरा भएपछि अवकाश प्राप्त गर्ने व्यवस्था छ।

डा. भट्ट २०५७ सालमा सहायक निर्देशकको रूपमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए। उनले २०७५ साल कात्तिकमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। आफ्नो सेवाकालमा उनले आर्थिक अनुसन्धान विभागमा सबैभन्दा लामो समय काम गरेका थिए। साथै, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा समेत उनले महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेका थिए।

गत चैतमा गभर्नर महाप्रसाद अधिकारीको अनिवार्य अवकाशपछि डा. भट्ट गभर्नर पदका प्रमुख दावेदार बनेका थिए। सत्तारूढ दलबीच लामो छलफलपछि उनी कांग्रेसको निकट भनिए पनि अन्ततः प्रा. डा. विश्व पौडेलले गभर्नरको जिम्मेवारी पाएका थिए। नयाँ गभर्नर नियुक्त भएपछि डा. भट्ट हालसम्म गभर्नर कार्यालयमा कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। उनको बिदाइसँगै राष्ट्र बैंकमा लामो समयदेखि योगदान दिँदै आएका एक अनुभवी आर्थिक विज्ञको अभाव खड्किनेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया