NIMB Header 2
Nepal Life

रियलमीको बिक्रेता जगदम्बा मोबाइल्सको आम्दानी ३५ प्रतिशतले घट्यो 

National Life
  • BFIS News
  • 2025 Oct 25 21:59
रियलमीको बिक्रेता जगदम्बा मोबाइल्सको आम्दानी ३५ प्रतिशतले घट्यो 
Sanima Reliance

काठमाडौं। रियलमी मोबाइलको आधिकारिक बिक्रेता जगदम्बा मोबाइल्सको आम्दानी ३५ प्रतिशतले घटेको छ। चार वर्ष अगाडी तीन अर्ब २४ करोड रुपैयाँसम्म आम्दानी गरेको जगदम्बा मोबाइल्सले सन् २०२५ मा एक अर्ब ७९ करोड मात्रै आम्दानी गरेको छ। जवकी गएको वर्ष दुई अर्ब ६४ करोड थियो।

Shikhar
NIMB

 

यो गिरावटको मुख्य कारण कम्पनीले स्मार्टफोन तथा एक्सेसोरीज आयात भारतको Realme Mobile Telecommunication बाट चीनस्थित Realme Mobile Telecommunication मा सार्नु हो। यस परिवर्तनले लजिस्टिक लागत र सञ्चालन खर्च वृद्धि गर्दै नाफा मार्जिनमा तीव्र गिरावट ल्याएको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको छ। 

आम्दानीमा चरम गिरावट सँगै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जगदम्बा मोबाइल्स प्रालिको छोटो अवधिको बैंक सुविधासम्बन्धी रेटिङ घटाएर IRN A4+ (ए फोर प्लस) बाट IRN A4 (ए फोर) मा झारिदिएको छ।

इन्फोमेरिक्सका अनुसार, पछिल्ला आर्थीक वर्षहरूमा कम्पनीको वित्तीय प्रदर्शनमा उल्लेखनीय गिरावट आएपछि रेटिङ घटाइएको हो। आ.व. २०८०/८१ देखि २०८१/८२ सम्म कम्पनीको कुल आम्दानी (TOI) करिब ३५ प्रतिशतले घटेर अन्दाजी २७६२ मिलियन रुपैयाँबाट १७९५ मिलियन रुपैयाँमा झरेको छ। 

आ.व. २०८१/८२ मा कम्पनीले नकारात्मक EBITDA मार्जिन देखाएको छ, जसअघिल्लो वर्ष ४.२० प्रतिशत र ५.०४ प्रतिशत थियो। साथै, कम्पनीको ऋण सेवा क्षमतामा पनि दबाब देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको DSCR ०.४० गुणा मात्र रहेको छ, जुन अघिल्लो वर्षको १.७२ गुणा भन्दा निकै कम हो। 

चीनबाट आयात बढेसँगै कम्पनीको विदेशी मुद्रा जोखिम पनि बढेको छ। अमेरिकी डलरमा कारोबार हुने भएकाले नेपाली रुपैयाँ कमजोर हुँदा कम्पनीको लागत संरचना र नाफामा थप नकारात्मक प्रभाव पर्ने इन्फोमेरिक्सले उल्लेख गरेको छ। 

यद्यपि कम्पनीको पूँजी संरचनामा केही सुधार भएको छ। आ.व. २०८१/८२ मा कम्पनीको कुल ऋण/स्वामित्व अनुपात ३.३५ गुणाबाट घटेर १.५५ गुणा पुगेको छ। साथै, कार्यशील पूँजीको व्यवस्थापनमा सुधार आउँदा औसत कार्यशील पूँजी प्रयोग २५ प्रतिशतमा सीमित भएको छ। 

जगदम्बा मोबाइल्स शंकर समूहअन्तर्गतको कम्पनी हो, जसले नेपालमा Realme स्मार्टफोनको अधिकृत वितरकको रूपमा काम गर्छ। कम्पनीका अध्यक्ष सुलभ अग्रवालको नेतृत्वमा कम्पनीले बजारमा मजबुत सञ्जाल बनाएको छ। FY25 सम्म कम्पनीसँग देशभर ८३ डिलर रहेको इन्फोमेरिक्सले जनाएको छ। 

तर, इन्फोमेरिक्सले स्मार्टफोन उद्योगमा कडा प्रतिस्पर्धा, प्रविधिगत जोखिम र विनिमय दर अस्थिरता कम्पनीका लागि चुनौतीपूर्ण रहेको बताएको छ। कम्पनीले आगामी वर्षहरूमा राजस्व र नाफा सुधार गर्दै सञ्चालन चक्र सन्तुलनमा ल्याउन सके मात्र रेटिङमा सुधार सम्भव हुने उल्लेख गरिएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया