Nepal Life

फ्युज मेसिन नास्डाकमा सूचीकृत: नेपाली उद्यमी डा. समीर मास्केको एआई कम्पनीको ऐतिहासिक सफलता

NMB Bank
  • BFIS News
  • 2025 Oct 25 15:41
फ्युज मेसिन नास्डाकमा सूचीकृत: नेपाली उद्यमी डा. समीर मास्केको एआई कम्पनीको ऐतिहासिक सफलता
National Life

काठमाडौं। नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) कम्पनी फ्युज मेसिन अमेरिकी स्टक एक्स्चेन्ज नास्डाक मा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको छ।

Shikhar
NIMB

इन्टरप्राइज एआई सोलुसन्सको विश्वव्यापी अग्रणी कम्पनी मानिने फ्युज मेसिनको साधारण सेयर कारोबार नास्डाक स्टक मार्केटमा ‘FUZ’ सिम्बोल अन्तर्गत बिहीबारदेखि सुरु भएको हो। यो उपलब्धिसँगै फ्युज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ।

कम्पनीले यस सफलतालाई ‘सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने’ आफ्नो मिशनको नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार, सार्वजनिक सूचीकरणले फ्युज मेसिनलाई विश्वव्यापी रूपमा बढ्दो एआई सोलुसन्सको माग सम्बोधन गर्न थप सशक्त बनाउनेछ।

फ्युज मेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. समीर मास्केले यस अवसरमा आफ्नो खुसी व्यक्त गर्दै भने, “एउटा सानो, मिसन–प्रेरित टोलीबाट सुरु गरेर नास्डाकमा सूचीकृत कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो। यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुवात हो, जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र हाम्रा सेयरधनीहरूका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ।”

सन् २०१३ मा स्थापना भएको फ्युज मेसिनले हाल उत्तर अमेरिका, एसिया (नेपाल, डोमिनिकन रिपब्लिक लगायत) र ल्याटिन अमेरिकामा आफ्ना कार्यालयमार्फत स्वास्थ्य सेवा, वित्त, खुद्रा, उत्पादन र सरकारी क्षेत्रहरूमा सेवा प्रदान गर्दै आएको छ।

सूचीकरण प्रक्रिया अन्तर्गत कम्पनीले मर्जर सम्झौता मार्फत लगानी प्राप्त गरेको थियो। प्राप्त रकम कम्पनीको ब्यालेन्स सिट बलियो बनाउन, उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार तथा बिक्री र मार्केटिङमा रणनीतिक लगानी गर्न प्रयोग गरिने बताइएको छ।

काठमाडौंमा जन्मिएका र कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर समेत रहेका डा. मास्केले नास्डाकमा सूचीकृत हुनु आफ्नो कम्पनीका लागि ठूलो माइलस्टोन र नेपाली मूलका उद्यमीहरूका लागि ऐतिहासिक सफलता भएको प्रतिक्रिया दिएका छन्। “यो हाम्रो मात्र नभई सम्पूर्ण नेपाली प्रविधि समुदायको गर्वको क्षण हो,” डा. मास्केले भने।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया