नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्‍यो जेठ महिनाका लागि ब्याजदर

  • BFIS News
  • 2024 May Mon 08:37
नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्‍यो जेठ महिनाका लागि ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।   

वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको ब्याजदर जेठ महिनाका लागि पनि ६.७५ प्रतिशत नै कायम गरिएको छ ।

बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  

संस्थागततर्फ पनि बैंकले ब्याजदर स्थिर नै कायम गरेको छ । बैंकले जेठ महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया