NIMB Header 2
Nepal Life

प्रभु बैंकका ग्राहकले होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने

National Life
  • BFIS News
  • 2024 May 23 17:32
प्रभु बैंकका ग्राहकले होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने
Sanima Reliance

काठमाडौं । पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

Shikhar
NIMB

छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा उपलब्ध आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटिएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार