Nepal Life

वित्तीय विवरणको आडमा शेयर बजार बढाउन खोज्दा उल्टै घट्यो, धेरै आशा देखाउँदा लगानीकर्तामा निरासा

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 15:22
वित्तीय विवरणको आडमा शेयर बजार बढाउन खोज्दा उल्टै घट्यो, धेरै आशा देखाउँदा लगानीकर्तामा निरासा
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । आजसम्ममा अधिकांस बैंक वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

NIMB

अपरिष्कृत वित्तीय विवरणलाई हेरेर बैंक वित्तीय संस्थाले कतिसम्म लाभांश दिन सक्छ भनेर अनुमान गर्न सकिने भएकाले पनि आज बजारमा उछाल नै आउछ भनेर हल्ला चलाइएको थियो ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक लाइभ, फेसबुक, ट्विटर लगायतका माध्यमबाट लगानीकर्तालाई प्रभावित पार्ने क्रम बढेको छ । समुह समुह मिलेर आफु अनुकुलका विश्लेषण गर्ने र लगानीकर्तालाई बढ्दैछ वा घट्दैछ भन्ने किसिमका विश्लेषणहरु सार्वजनिक गरिन्छ । यसैको आधारमा उनिहरुले शेयर खरिद बिक्री गरिरहेका हुन्छन् । उनिहरुका यस्तै गतिविधिले सोझा साझा लगानीकर्ताहरु बहकिए । यस्ता किसिमका प्रचाले सधै काम गर्दैन ।

यस पटक पनि यस्तै भयो । बजार विश्लेषक भन्नेहरुले बैंकहरुको वित्तीय विवरण असाध्यै राम्रो आएको हुँदा आज धेरै वटा बैंकहरुको शेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्छ भनिएको थियो । तर बजार खुलेको केहि समय बढेको जस्तो देखिए पनि टिक्न सकेन । उल्टै बजार तल झर्यो ।

शेयर बजारमा कतिपयले आम लगानीकर्ताहरुलाई धेरै आशा देखाएको र उनिहरुले देखाएको आशा अनुरुप बजार नबढे पछि आजको बजार तल झरेको बजार विश्लेषक नवराज दाहालको तर्क छ । उनले भने ‘यदि आशा देखाए अनुसार नतिजा आएन भने एक गुणा आशा देखाएको छ भने दुई गुणा निराशा पैदा हुन्छ ।’

बैंकहरुले राम्रो वित्तीय विवरण सार्वजनिक गर्दैमा राम्रो लाभांश दिइहाल्छ भन्ने हुँदैन उनले भने अहिले शेयर बजारमा एकुमुलेसनको फेज चलिरहेको छ । बैंकहरुले लगानी गरेका म्युचुअल फण्ड पनि बैंकहरुको सूचनाको आडमा बजारमा आउने भएकाले अवको केहि समयमा बजारमा रौनकता आउने उनको तर्क छ ।

गएका दुई दिनमा प्राविधिक विश्लेषकहरुले पनि आज बजार सत प्रतिशत बढ्छ भन्ने विश्लेषण गरिरहेका थिए । सोहि अनुसार कारोबार खुल्ने वित्तीकै केहि सुधारको संकेत पनि देखियो । तर त्यसले निरन्तरता पाउन सकेन अन्तत शेयर बजार ३८.३७ अंकले घटेर रोकियो । आज नेप्से सूचक २०५१.४७ अंकमा झर्दा २ अर्ब ६८ करोडको कारोबार भयो । जम्मा १८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको शेयर मूल्य घट्यो । आज सबैभन्दा धेरै बाणिज्य बैंकहरुको शेयर खरिद बिक्री भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया