Nepal Life

के हो 'एयर टर्ब्युलेन्स', किन बन्नसक्छ खतरनाक?

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sat 09:50
के हो 'एयर टर्ब्युलेन्स', किन बन्नसक्छ खतरनाक?
Sanima Reliance

काठमाडौं । मंगलबार सिंगापुर एयरलाइन्सको विमानमा यस्तो खतरनाक टर्ब्युलेन्स भयो कि एकजनाको ज्यान गयो भने कैयौं गम्भीर घाइते भए। ७३ वर्षीय बेलायती नागरिकको मृत्युको कारणबारे अझै अनुसन्धान भइरहेको छ । अधिकारीहरुका अनुसार यात्रुको हृदयघातका कारण मृत्यु भएको हुनसक्छ तर यसको पुष्टि भने भइसकेको छैन।

NIMB

यो घटनापछि एयर टर्ब्युलेन्सको चिन्ता फेरि एकपटक उठेको छ । विमानका यात्रु र चालक दलका लागि यस्ता घटना निकै खतरनाक हुनसक्ने विज्ञहरू बताउँछन् ।

टर्ब्युलेन्सकै कारण ज्यान गुमाएका धेरै घटनाहरू छैनन्। तर अधिकांश विज्ञहरू भन्छन् कि यस्ता घटनाहरू बढ्दै गएका छन्। त्यसैले अतिरिक्त सावधानी र सुरक्षा उपायहरू अपनाउन आवश्यक भइसकेको छ।

हालसम्म भएका धेरै एयर टर्बुलेन्सका घटनाहरू साना भए पनि उड्डयन कम्पनीहरूले दुर्घटना न्यूनीकरण र रोकथामका लागि विभिन्न उपायहरू अपनाएका छन्। तैपनि, यात्रुहरूका लागि थप सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।

उडानको क्रममा, जब हावा अनियन्त्रित रूपमा विमानको पखेटामा ठोकिन्छ, विमानमा एयर टर्ब्युलेन्स सिर्जना हुन्छ। यो टर्ब्युलेन्सका कारण विमान माथि र तल जान थाल्छ। जसका कारण यात्रुहरु मर्कामा पर्न थाल्छन्।

टर्ब्युलेन्स वास्तवमा एक अस्थिर हावा हो जसको गति र वजन भविष्यवाणी गर्न सकिँदैन। खराब मौसम वा हावाहुरीका कारण मात्रै यस्तो हुन्छ भन्ने धेरैले बुझेका हुन्छन् तर, सबैभन्दा खतरनाक टर्ब्युलेन्सतब हुन्छ जब मौसम सफा हुन्छ र अगाडिको आकाशमा कुनै खतराको संकेत देखिँदैन।

सफा हावामा टर्ब्युलेन्सअक्सर अधिक उचाइमा अवस्थित वायु प्रवाहहरूमा हुन्छ, जसलाई जेट स्ट्रिम भनिन्छ। यो तब हुन्छ जब दुई वायु धारहरू एक अर्काको वरिपरि फरक गतिमा बग्छन्। यदि दुवैको गतिमा भिन्नता धेरै ठूलो छ भने, वायुमण्डलले यसको दबाब ह्यान्डल गर्न असमर्थ हुन्छ र वायु प्रवाह दुई भागमा विभाजित हुन्छ।

फ्लोरिडाको एम्ब्रिडिकल एरोनोटिकल युनिभर्सिटीका एप्लाइड एभिएसन साइन्स विभागका प्रमुख थोमस गिन भन्छन्, "जब जेट स्ट्रिमको वरिपरिको हावा तीव्र गतीमा बहेको हुन्छ भने हावाको मात्रा पनि बढ्न सक्छ। यसले हावामा ठूलो उथलपुथल  पैदा गर्छ।"

विमानहरूले कम्तीमा सात प्रकारको टर्ब्युलेन्सको सामना गर्नुपर्ने हुन्छ। धेरै जसो टर्ब्युलेन्स मौसमसँग सम्बन्धित हुन्छन्। खराब मौसममा, चट्याङ र भारी बादलले पनि विमानमा टर्ब्युलेन्स सिर्जना गर्दछ। विज्ञहरूका अनुसार क्लियर एयर टर्ब्युलेन्स, थर्मल टर्ब्युलेन्स, तापमान इन्भर्सन टर्ब्युलेन्स, मेकानिकल टर्ब्युलेन्स, फ्रन्टल टर्ब्युलेन्स, माउन्टेन वेब टर्ब्युलेन्स र थन्डरस्टर्म टर्ब्युलेन्स रहेका छन्।

टर्ब्युलेन्सका कारण विश्वमा कति यात्रु प्रभावित भएका छन् भन्ने तथ्यांक त्यति उपलब्ध हुँदैन तर कतिपय देशले यस्ता घटनाको तथ्याङ्क सार्वजनिक गरिरहेका हुन्छन्।

नेसनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अनुसार सन् २००९ देखि २०२२ को बीचमा अमेरिकामा १६३ जना मानिस टर्ब्युलेन्सका कारण यति गम्भीर घाइते भएका थिए कि उनीहरूलाई कम्तिमा दुई दिनसम्म अस्पतालमा बस्नुपरेको थियो। तीमध्ये अधिकांश चालक दलका सदस्य थिए । चालक दलका सदस्यहरूले उडानको समयमा सिट बेल्ट नलगाएको हुनाले चोटपटक लाग्ने खतरा बढी हुन्छ।

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनका कारण पनि टर्ब्युलेन्सका घटनाहरू बढ्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा गत वर्ष प्रकाशित एउटा शोधपत्रमा बेलायतको रिडिङ युनिभर्सिटीका वैज्ञानिकहरूले विगतका केही दशकहरूमा सफा हावामा हुने टर्ब्युलेन्सका घटनाहरू उल्लेख्य रूपमा बढेका बताएका छन्।

आफ्नो अनुसन्धानमा वैज्ञानिकहरूले पत्ता लगाए कि उत्तर एट्लान्टिक हवाई मार्गमा १९७९ देखि २०२० को बीचमा यस्ता घटनामा ५५ प्रतिशतले वृद्धि भएको छ। वैज्ञानिकहरुका अनुसार कार्बन उत्सर्जनका कारण यस्तो भएको हो। किनभने उचाईमा हावा तातो भएको छ जसका कारण यसको गतिमा पनि परिवर्तन आएको छ।

सोही टोलीले दुई वर्षअघि गरेको एक अध्ययनमा जलवायु परिवर्तनका कारण आगामी वर्षहरूमा क्लिन एयर टर्ब्युलेन्स (क्याट) का केसहरू १४९ प्रतिशतले बढ्न सक्ने बताएको छ।

यात्रुहरूले कसरी आफूलाई सुरक्षित राख्ने?

एयर टर्ब्युलेन्स एक सामान्य प्रक्रिया हो। तर यो समयमा यात्रुहरूले आफूलाई सुरक्षित र संयमित राख्न आवश्यक हुन्छ। उडानमा यात्रा गर्दा तपाईंले याद गर्नु भएको होला कि अधिकांश यात्रुहरूले टेक अफ भएपछि आफ्नो सिट बेल्ट खोल्न थाल्छन्। तर, जब अचानक टर्ब्युलेन्स हुन्छ यात्रुहरू अनियन्त्रित भएर माथितिर हुत्तिन थाल्छन्। जसका कारण उनीहरुलाई चोट लाग्छ। त्यसैले एयर टर्ब्युलेन्समा आफूलाई सुरक्षित राख्न सिट बेल्ट लगाउनु राम्रो र सुरक्षित विकल्प हो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया