NIMB Header 2
Nepal Life

नबिल बैंकले बनायो नेपालको इतिहासमै सर्वाधिक सफल मर्जरको रेकर्ड, ‘एक वर्षमै देखियो सिनर्जी इम्प्याक्ट’

Citizen Life
  • BFIS News
  • 2023 Aug 06 17:56
नबिल बैंकले बनायो नेपालको इतिहासमै सर्वाधिक सफल मर्जरको रेकर्ड, ‘एक वर्षमै देखियो सिनर्जी इम्प्याक्ट’
National Life

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा नबिल बैंकले पहिलो वर्षमै सर्वाधिक सफल मर्जरको रेकर्ड बनाएको छ । साविक नेपाल बंगलादेश बैंकलाई गाभेको एक वर्षमै नबिलले ‘एक प्लस एक बराबर तीन’को सिनर्जी प्राप्त गरेको छ । मर्जर भएको पहिलो वर्ष कर्मचारी व्यवस्थापनदेखि लिएर सञ्चालक समितिको विवादले गर्दा सिनर्जी ल्याउन धेरै कठिन हुन्छ । तर नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकको छापलाई सहजै मेटाउन सफल देखियो ।

NIMB

नेपालको बैंकिङ क्षेत्रमा छुट्टै छाप बनाउन सफल भएकै कारणले पनि साविक नेपाल बंगलादेश बैंकका कर्मचारी, सञ्चालक, लगानीकर्ताले सहजै स्वीकार गरे । सामान्यतया मर्ज हुने वित्तिकै सबैले आफुलाई साविकको कम्पनीको तर्फबाट चिनाउने प्रयास गर्छन् । तर यो यस्तो मर्जर भइदियो सबैले हामी नबिलबाट भन्दा बढि सुरक्षित र गर्वको महशुस गर्न थाले । यसले पनि नबिललाई पहिलो वर्षमै सिनर्जी प्राप्त गर्न सहज भयो ।

मर्जर पछि द्धन्द्ध सिर्जना हुन्छन् । मर्जरमा सञ्चालकहरु वीचको द्वन्द पनि एउटा ठुलो मुद्दा हो । तर यो यस्तो मर्जर भइदियो, सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेहरु सबै जना व्यवसायिक व्यक्तित्व छन् । बैंक र बैंकिङ प्रणाली बुझेका सञ्चालक तथा सञ्चालक समितिका अध्यक्ष हुँदा कम्पनीलाई अगाडी बढ्न धेरै सहज भयो । 

यसरी निर्माण भएको सञ्चालक समितिको संरचनाले खाली बैंकको प्रस्तुतिमा मात्रै ध्यान दिए, नकि आफ्ना मान्छे तथा आफु निकटका व्यक्तिहरुलाई जागिर खुवाउने खालका व्यक्तिगत स्वार्थका काम हुन पाएन । उनीहरुले कसैको बढुवा, घटुवादेखि सेवा सुविधाका विषयमा चासो व्यक्त गरेनन् । यसो हुने वित्तिकै उनीहरुले बैंकको रणनीति, बृद्धिदर, गुणस्तरीय सेवा लगायतका विषयमा केन्द्रित भए । बैंकलाई सिनर्जी प्रदान गर्यो यो पनि एक प्रमुख कारण बन्यो ।

सिनर्जी इफेक्ट देखिँदा देखिँदै पनि बैंकको खराव कर्जा बढेको छ । यस वर्ष ०.५९ प्रतिशत विन्दुले खराव कर्जा बढेर १.२३ प्रतिशत पुगेको छ । यसले पनि नाफामा धक्का नपुर्‍याएको होइन । सामान्यतया मर्जर पछि बैंकहरुको खराव कर्जा बढ्छ नै । नबिलले नै यस भन्दा अगाडिको मर्जरमा खराव कर्जाको सामना गर्नु परेको थियो ।

बैंकले यस पटकको तरलता अभावलाई पनि भरपुर उपयोग गर्यो । आफ्नो ब्राण्ड र विश्वासलाई प्रयोग गर्दै छानी छानी ऋणी भित्र्यायो । यसले असल ऋणी भित्र्याउने काम गर्यो । एक असल ऋणीका लागि पनि अन्य बैंक भन्दा नबिल बैंक सहज बन्ने नै भयो । यसबाट पनि नबिलले थप फाइदा लियो । साविक बंगलादेशको व्यवसायले पनि खराव कर्जा नबढाएको होइन । तर नबिलले यसलाई सहजै समाधान गर्दै लगेको छ । नेपाल बंगलादेश बैंकको व्यवसाय ग्यारेन्टी बेस थिए । यसले बैंकलाई केहि असहज भएको पनि छ । तर ग्यारेन्टी बस्नेहरुलाई कुनै किसिमको समस्या परेन भने यसले खासै ठुलो असर नपार्ने बैंकको विश्वास छ ।

बैंकले नयाँ शाखा विस्तार गर्नेदेखि लिएर भइरहेका शाखालाई पनि पुनर्संरचना गर्यो । यस सँग सँगै बैंकले आफ्नो ब्राण्डिङ लाई पनि प्राथमिकता दियो । गएको वर्षमा मात्रै नेपालका विभिन्न क्षेत्रमा ३८ वटा शाखा कार्यालय विस्तार गर्यो । यि सबै कामको नतिजा गत आर्थिक वर्षको वित्तीय विवरणमा देख्न सकिन्छ । 

नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ७६.८६ प्रतिशतले मुनाफा बढाउन सफल भयो । बैंकलाई सिनर्जी प्राप्त गर्न नेपाल राष्ट्र बेंकले स्प्रेड दरमा लिएको तरलताले पनि धेरै साथ दियो । राष्ट्र बैंकको यहि नीतिले गर्दा बैंक तथा वित्तीय संस्थाले गएको वर्षमा राम्रो मुनाफा आर्जन गरेका छन् । यहि नीतिले नबिल बैंकलाई पनि धेरै साथ दिएको नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञवालीले बताए ।  उनले थपे ‘नबिल बैंकले पहिलो वर्षमै सिनर्जी ल्याउने गरी धेरै काम गरेको छ।’

सामान्यतय मर्जर भएको पहिलो वर्ष बैंकहरुको ग्रोथ खासै राम्रो हुँदैन तर नबिल बैंकले पहिलो वर्षमै सिनर्जी ल्याउने गरी काम गर्यो । वृद्धिदरको हिसावले पनि नबिल बैंक मार्केट लिडर हुन सफल भयो । गत आर्थिक वर्षमा सर्वाधिक धेरै ग्रोथ गर्नेमा नबिल पछि स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । मर्जरमा गएका अन्य बैंकको बृद्धिदर हेर्यो भने लक्ष्मी सनराइजको ४९.४५ प्रतिशत, ग्लोबल आइएमईको ४६.२६ प्रतिशत, प्रभु बैंकको ४८.५४ प्रतिशत छ । तर यो तथ्याङ्क पनि प्राप्त गर्ने बैंकहरुले चलाखी गर्दै गत आर्थिक वर्षमा आफ्नो मात्रै तथ्याङ्क सँग तुलना गरेका छन् । यसरी दुई भइसके पछिको तथ्याङ्क सँग अघिल्लो वर्षको आफ्नो तथ्याङ्क सँग मात्रै तुलना गरेर धेरै देखिएको हो ।

तर नबिलको हकमा २०७९ असार २७ गते नै मर्जर भएको थियो । अघिल्लो वर्षको असार मसान्तमा नेपाल बंगलादेशको तथ्याङ्क जोडि कसेकाले नबिलको अहिलेको ग्रोथ अर्गानिक हो । बैंकले गत वर्षको असार मसान्तसम्ममा खुद व्याज आम्दानी १०१ प्रतिशत, निक्षेप संकलन २१ प्रतिशत, कर्जा विस्तार १० प्रतिशत, प्रतिसेयर आम्दानी ९ रुपैयाँले बढेको छ । मर्जर पछि बैंकले १८.५० प्रतिशत बोनस शेयर दिएर पूँजी बढाउदा पनि प्रतिसेयर आम्दानी ९ रुपैयाँले बढ्नु भनेको चानचुने कुरा होइन । 

नविल बैंकको मुनाफा ७६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा कति दिन सक्ला लाभांश ?

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया