Nepal Life

धनगढी उपमहानगरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 05:25
धनगढी उपमहानगरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा
Sanima Reliance

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।

NIMB

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले त्यस्ता सवारी साधन चार्ज गर्न सहज हुने जनाइएको छ । वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेसनले ठुलो टेवा पुर्‍याउने नगरको धारणा छ । 

स्टेसनमा ६०-६० किलोवाटको दुई वटा र २२ किलोवाटको एउटा गरी तीन वटा चार्जर रहेको छ । जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एक साथ तीन वटा सवारी साधन चार्ज गर्न सकिने जनाइएको छ । दिउँसो चार्ज गर्दा प्रति युनिट आठ रुपियाँ २८ पैसा, राति ११ बजेपछि चार्ज गर्दा प्रति युनिट छ रुपियाँ र बिहान चार्ज गर्दा प्रतियुनिट १० रुपियाँ ४४ पैसा चार्ज शुल्क तोकिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया