NIMB Header 2
Nepal Life

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने

National Life
  • BFIS News
  • 2024 May 27 14:03
द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने
Sanima Reliance

काठमाडौं । ‘द सोल्टी होटेल ग्रुप’ र प्रभु बैंकबीच छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘द सोल्टी होटेल ग्रुप’अन्तर्गत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन्।

Shikhar
NIMB

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा-सुविधा प्राप्त गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ।

द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्त गर्न सकिनेछ ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रविन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया