Nepal Life

अप्पर लोहोरेखोला हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ६.८१ गुणा बढि आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 10:26
अप्पर लोहोरेखोला हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ६.८१ गुणा बढि आवेदन
Sanima Reliance

काठमाडौं । अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ । कम्पनीले माग भन्दा ६.८१ गुणा बढि आवेदन परे पछि पहिलो चरणमै बिक्री बन्द गर्न थालेको हो । 

NIMB

आज विहानसम्ममा ११ लाख ७३ हजारले आवेदन दिइकसेका छन् । आज साझ ५ बजेसम्म आवेदन दिन पाउनेछ । कम्पनीले १०० रुपैयाँको अंकित मूल्यमा सर्वसाधारणलाई १९ लाख ५३ हजार २७९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसअघि स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बाँडफाँट भइसकेको छ 

कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारी र ९९ हजार ४१२ कित्ता म्युचुअल फण्डहरुलाई पनि छुट्याएको छ । कम्पनीको जारी पुँजी ५० करोड ९८ लाख रुपैयाँ छ । जसको ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आइपीओ निष्कासन गरेको हो ।

न्यूनतम १० कित्तादेखि बढीमा २५ हजार कित्तासम्म आइपीओमा आवेदन दिन पाइनेछ । कम्पनीले ४ मेगावाटको माथिल्लो लोहोरे साना खोला जलविद्युत आयोजना निर्माण गर्दैछ । अनुमानित प्रतिमेगावाट लागत २३ करोड ६८ लाख र कुल लागत ९४ करोड ७२ लाख रुपैयाँ पुग्ने बताइएको छ । कम्पनीका अनुसार आयोजनाको लगानी ८.२२ वर्षमा फिर्ता हुनेछ। र छुट अवधि १७.८४ वर्षमा फिर्ता गर्ने जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया