प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
- BFIS News
- 2024 May 29 08:00
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा राखिएको छ । बैंकको ६१ हजार ६६२ कित्ता सेयर बिक्रीमा राखिएको हो। सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।
आवेदन असार १८ गतेसम्म दिन सकिनेछ। इच्छुक लगानीकर्ताले कमलपोखरी काठमाडौंमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया