Nepal Life

एनआइसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकका लागि ब्याज छुट योजना

NMB Bank
  • BFIS News
  • 2024 May 29 09:21
एनआइसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकका लागि ब्याज छुट योजना
National Life

काठमाडौं । एनआइसी एसिया बैंकले कर्जा ग्राहकहरूका लागि ब्याज छुट योजना सार्वजनिक गरेको छ। आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ।

Shikhar
NIMB

योजना अनुसा २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत विभिन्न छुट प्रदान गरिने छ।

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेका कर्जामा १५ प्रतिशत ब्याज छुट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको भाखा नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।  

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भइ लाभ लिन सक्ने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया