Nepal Life

सिटिजन लाइफको आइपिओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारदाता आवेदक सबैले पाए

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 20:43
सिटिजन लाइफको आइपिओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारदाता आवेदक सबैले पाए
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोगगारमा गएका नेपालीका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ ।

NIMB

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइएमबि एस क्यापिटलले आज बाँडफाँड कार्यक्रम सम्पन्न गरेको हो । आज भएको बाँडफाँड अनुसार प्राथमिक शेयरमा आवेदन दिने सबैले शेयर हात पारेका छन् । जसमा न्युनतम १० कित्तादेखि ४० कित्तासम्मको लागि आवेदन दिने सबैले माग गरे बराबरकै प्राप्त गरेका छन् । 

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई सुरक्षित गरेको १९,३०,९०० कित्ताका लागि  २७ हजार ६३२ जनाले आवेदन दिएका थिए । जस मध्ये ४ जनाको आवेदन रद्द भएको छ । 

कूल २७ हजार ६२८ जना आवेदकहरुबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रितपूर्वक दरखास्त परेको बिक्री प्रवन्धकले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने सम्पुर्ण आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८८५ आवेदकहरुले माग बमोजि नै प्राप्त गरेका हुन् ।

त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७,८९,७२० कित्ता गरी कुल ९,४४,७१० कित्ता बाँडफाँड गरिएको छ । सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० देखि २,००० कित्ता सम्म मागगर्ने १९,७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गरिएको छ । ५० देखि २,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८,०२९ जना सफल आवेदक छनोट गरी १,८०,२९० कित्ता बाँडफाँड गरिएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया