Nepal Life

मर्जर पछि बीमा कम्पनीमा उच्च व्यवस्थापन तहलाई व्यवस्थापन गर्न कठिन, ‘भिआरएसको विकल्प छैन’

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 14:42
मर्जर पछि बीमा कम्पनीमा उच्च व्यवस्थापन तहलाई व्यवस्थापन गर्न कठिन, ‘भिआरएसको विकल्प छैन’
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले समयमा भिआरएस नल्याउदा उच्च व्यवस्थापन तहका कर्मचारीलाई व्यवस्थापन गर्न कठिन देखिएको छ । दुईदेखि तीन वटासम्म कम्पनी मर्जर हुँदा साविक कम्पनीका कर्मचारी व्यवस्थापन सबैभन्दा पेचिलो बन्दै गएको छ । गएको एक आर्थिक वर्षमा २१ वटा कम्पनीले मर्जर प्रकृयाँमा भाग लिएका थिए । मर्जर पछिका १० वटा कम्पनीको अहिलेको सबैभन्दा ठुलो समस्या कर्मचारी व्यवस्थापन रहेको छ ।

NIMB

साविकका दुई कम्पनीहरु मर्जर भएर एक हुँदा हरेक पदमा दुई दुई जना हुनु स्वभाविक हुने नै भयो । तल्लो तहका कर्मचारीलाई विभिन्न किसिमका जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिए पनि उच्च व्यवस्थापन तहका कर्मचारी व्यवस्थापन गर्न धेरै कठिन बन्दै गइरहेको छ । कतिपयमा विवाद सिर्जना भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृतले भनेको नायव प्रमुख कार्यकारी अधिकृतले नटेर्ने, नायव प्रमुख कार्यकारी अधिकृतले भनेका कुराको सुनुवाइ नै नहुनेसम्मका अवस्था सिर्जना भएका छन् ।  उच्च व्यवस्थापनमा विवाद हुने वित्तीकै त्यसको असर उनिहरु भन्दा तल्लो तहका कर्मचारीमा देखिन्छ । यसले गर्दा साविकका दुई कम्पनीका कर्मचारीहरु विच कित्ताकाट नै सुरु भइसकेको छ ।

कर्मचारीहरुले परिचय दिदै आफु साविक फलानो कम्पनीको भन्छन् । यसले गर्दा कर्मचारीहरुमा भावनात्मक मर्जर अझै हुन सकेको छैन । एक अर्काविचको आरोप प्रत्यारोपले गर्दा प्रमुख कार्यकारी अधिकृतहरु सबैभन्द धेरै तनावमा छन् । कतिपय प्रमुख कार्यकारी अधिकृतले यो कार्यकाल कसरी पुरा गर्ने भनेर चिन्ता लिन थालिसकेका छन् ।

उच्च व्यवस्थापन तहका कर्मचारी पाल्न कम्पनीका लागि पनि सहज छैन । एक जना प्रमुख कार्यकारी अधिकृत, एक जना नायव प्रमुख कार्यकारी अधिकृत र एक जना उप महाप्रवन्धक भए पुग्छ । मर्जर हुने वित्तीकै सबै पदमा दुई दुई जना स्वभाविक रुपमा हुने नै भए । बीमा प्राधिकरणले कुनै पनि कर्मचारीले खाइपाइआएको तलब सुविधा र पद घटाउन नपाउने व्यवस्था गरिदिएका छन् । उच्च व्यवस्थापन तहको खर्च ह्वात्तै बढेको छ ।

कतिपय कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतहरु विना कुनै जोखिम र जिम्मेवारी साविककै तलव सुविधामा काम गर्न पाएपछि हट्न मानिरहेका छैनन् । एक प्रमुख कार्यकारी अधिकृतले भने ‘साविक कम्पनीको प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा अहिले नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि पाइराखिएको छ भने अर्को कुनै अवसर नपाएसम्म किन छोड्ने भन्ने मानसिकताको विकास भएको छ ।’

अर्को तर्फ यहि पदका लागि वर्षौदेखि महिनेत गर्दै आएका कर्मचारीलाई मर्जरको बहानामा फ्याट्ट छाडेर जाउ भन्न पनि मिल्दैन । बरु बीमा कम्पनीहरुले भिआरएस र सिआरएस सुविधा ल्याएर उच्च व्यवस्थापन तहका कर्मचारी कटौती गर्नु पर्ने एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । भिआरएस भन्ने वित्तीकै स्वेच्छिक हुन्छ । यसबाट आफुले चाहेका कर्मचारि नहट्न सक्छन् त्यसैले आफुले चाहेको कर्मचारी हटाउन सआरएस किसिमको सुविधा ल्याउनु पर्ने उनको तर्क छ ।

यदि यसरी नै उच्च व्यवस्थापन तहमा धेरै कर्मचारी पालिरहने हो भने कम्पनीको खर्च पनि बढ्छ र उत्पादकत्व पनि बढ्दैन । मर्जर पछि पनि कम्पनीहरुमा खासै व्यवसाय छैन । नयाँ व्यवसाय र नयाँ बजारका क्षेत्रमा जान नसक्ने अवस्थाले गर्दा पनि कम्पनीहरुमा कर्मचारी व्यवस्थापन सबैभन्दा धेरै चुनौती पुर्ण देखिएको हो ।

कम्पनीका अनुसार अझै पनि तल्लो तहका कर्मचारी र मार्केटिङ विभागमा कर्मचारी अपुग छ । कम्पनीहरुले पछिल्लो समय कर्मचारी हटाउन नयाँ नयाँ उपाय लगाउने क्रममा मार्केटिङ विभागमा सरुवा गरिदिने, दुर्गममा शाखामा पठाइदिनेसम्मका काम गरेका छन् । कर्मचारीलाई विभिन्न बहाना बनाएर हटाउने अवस्थाको सिर्जना गर्ने हो भने कुनै पनि कर्मचारीले सम्बन्धित कम्पनीमा आफुलाई सुरक्षित महशुस गर्न सक्दैनन् । बीमा कम्पनीहरुको यस्तो हर्कतले सम्बन्धित कर्मचारीको रोजिरोटीमा मात्रै लात हानेको छैन उसका आश्रीत परिवारलाई पनि समस्यामा पारेको छ । यदि कर्मचारी कटौती गर्ने हो भने भिआरएस दिएर ससम्मान विवाद गर्नु पर्ने बीमा कम्पनीका कर्मचारीहरु बताउछन् ।

यस्तो छ बीमा कम्पनीहरुको उच्च व्यवस्थापन तहका कर्मचारीको विवरण

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी

हिमालयनमा दुई जना डिसिइओ रहेका छन् । साविक एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतम बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् भने साविक हिमालयन इन्स्योरेन्सका अन्जु श्रेष्ठ नायव प्रमुख कार्यकारी अधिकृत छिन् ।

हिमालयनमा पनि भिआरएसको लागि ठुलो छलफल नभएको होइन तर कम्पनीले ठुलो खर्च हुने भए पछि ल्याएन । भिआरएस नल्याउदै गर्दा कम्पनीले एउटै पदका दुई दुई जना कर्मचारी पालेर बस्नु परेको छ । यसले गर्दा न त भइरहेकाले राम्रो सँग काम गर्न सकेका छन् न त कम्पनीले उनिहरुलाई उचित व्यवस्थापन नै गर्न सकेको छ । मर्जर पछि साविक हिमलायन इन्स्योरेन्सका कर्मचारीहरुको हाबी छ । यसले गर्दा साविक एभरेष्टकै कर्मचारीले जागिर छाडेर गए । हाल एभरेष्टमा नायव महाप्रवन्धक पदमा पनि दुई जना रहेका छन् ।

सानिमा जिआइसी

सानिमा जिआइसीमा पनि साविकका दुई कम्पनी सानिमा र जनरलका प्रमुख कार्यकारी अधिकृत छन् । साविक सानिमा जनरलका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्यायले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता पाए पनि साविक जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत छन् । नायव महाप्रवन्धक र उप महाप्रवन्धक पदमा दुई दुई जना कर्मचारी छन् । जसमा पनि साविकका केहि कर्मचारीले जागिर छाडिसकेका छन् ।

सगरमाथा लुम्बिनी सलिको

सगरमाथा लुम्बिनीमा अन्य कम्पनीको तुलनामा केहि सहज देखिए भित्रि रुपमा भने अप्ठ्यारो नै देखिन्छ । साविक लुम्बिनीका प्रमुख कार्यकारि अधिकृत नुर प्रकाश प्रधान बहिरिए । यसले गर्दा सविक सगरमाथालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई केहि सहज भयो । साविक लुम्बिनीकी नायव प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत छिन् । त्यस्तै उप महाप्रवन्धक पदमा दुई जना कर्मचारी छन् । कम्पनीले साविक लुम्बिनीका कर्मचारीलाई समान पद दिए पनि कार्यभार त्यहि अनुसार मिलाएका कारण अहिलेसम्म ठुलो इस्यु बनेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीको नेतृत्वले पनि धेरै हदसम्म यहाँको व्यवस्थापनमा सहज भएको छ ।

सिद्धार्थ प्रिमियर

मर्जर पछि सिद्धार्थ प्रिमियरको प्रमुख कार्यकारी अधिकृत विरेन्द्रु बहादुर वैदवार छन् । साविक प्रिमिमयर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नहुँदा वैदवारलाई काम गर्न धेरै हदसम्म सहज छ । नायव प्रमुख कार्यकारी अधिकृतमा योगेश कृष्ण श्रेष्ठ र नायव महाप्रवन्धमा दिपक कुमार धोत रहेका छन् । यस भन्दा तल्ला विभागिय प्रमुख, अधिकृत, शाखा प्रमुख लगायतका विषयमा भने धेरै गाह्रो पर्दै आइरहेको छ । शाखा कार्यालय मर्ज भएका ठाउमा साविकको शाखा प्रमुख र विद्यमान शाखा प्रमुख विच द्धन्द हुने गरेको छ । कर्मचारी व्यवस्थापनमा सिद्धार्थ प्रिमियरलाई पनि धेरै गाह्रो भएको बुझिएको छ ।

युनाइटेड अजोड

युनाइटेड अजोडले साविकका प्रमुख कार्यकारी अधिकृतलाई निरन्तरता दिएन । यसले गर्दा केहि सहद पक्कै छ । तर साविक अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावललाई कम्पनीको कर्मचारी व्यवस्थापनमा धेरै नै हम्मे हम्मे परिरहेको छ । खत्री सहित नायव प्रमुख कार्यकारी अधिकृतमा नविन सुवेदी पनि छन् । त्यस्तै उप महानिर्देशकमा दुई जना अनिल कुमार अर्याल र विनोद कसपाल रहेका छन् । साविक युनाइटेड र अजोड दुई कम्पनीको इतिहास खासै राम्रो नभएकाले अहिले कम्पनीलाई अगाडी बढ्न धेरै गाह्रो परिरहेको छ ।

 आइजिआइ प्रुडेन्सियल

आइजिआइ प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त बादे श्रेष्ठ रहेका छन् । साविक प्रुडेन्सियलका प्रमुख कार्यकारि अधिकृत श्रवण रावलले कम्पनी छाड्दा श्रेष्ठलाई धेरै सहज छ । दुई कम्पनीको उच्च व्यवस्थापकको व्यवस्थापन सहज छैन । दुई जना नायव प्रमुख कार्यकारी अधिकृत छन् भने उप महाप्रवन्धकमा तीन जना कर्मचारी छन् ।

सूर्यज्योति लाइफ

सूर्यज्योति लाइफमा पनि साविकका सूर्य लाइफ र ज्योति लाइफका प्रमुख कार्यकारि अधिकृत छन् । साविक ज्योति लाइफका प्रकाश विक्रम खत्री सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत छन् भने साविक सूर्य लाइफका पवन कुमार खड्का वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत छन् । कम्पनीले भिआरएस सुविधा दिएर एक सय भन्दा धेरै कर्मचारीलाई विदाइ गरिएको छ ।

हिमालयन लाइफ

साविकका प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मर्ज भएर हिमालयन लाइफ बनेको हो । कम्पनीले भिआरएस मार्फत एक चरणमा कर्मचारीलाई विदाइ गरे पनि सतहमै आउने गरि कम्पनीमा कर्मचारीको विवाद बाहिरियो । कर्मचारीले नेपाल बीमा प्राधिकरणमा उजुरी हाल्नेदेखि लिएर सडकै उत्रिएर आन्दोलन गरे । कम्पनीले अझै पनि पुर्ण रुपमा कर्मचारी व्यवस्थापन गर्न सकेन ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण छन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लाल र कपिल कुमार दाहाल छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृतमा राजन प्रसाद अधिकारी छन् । कर्ण साविक गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै साविक प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिए पछि कम्पनीलाई धेरै हदसम्म सहज भयो । तै पनि प्रमुख कार्यकारी अधिकृत भन्दा तल्लो पदमा तीन तिन जनालाई व्यवस्थापन गरिरहनु परेको छ । यसका साथै विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखका विवाद अझै सल्टिन सकेको छैन ।

सानिमा रिलायन्स लाइफ

कम्पनीले मर्जर पछि शिवनाथ पाण्डेलाई प्रमुख कार्यकारि अधिकृतमा भित्र्यायो । साविका सानिमा लाइफ र रिलायन्स लाइफका दुई प्रमुख कार्यकारि अधिकृतलाई अहिले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । यसले गर्दा उच्च व्यवस्थापन तहमा सानिमा रिलायन्स लाइफले व्यवस्थापन गर्न सकेन । यहि कारणले धेरै कुराहरुमा असर पुर्याइरहेको छ ।

महालक्ष्मी प्रभु लाइफ

भर्खरै मर्जर सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफमा अहिलेसम्म देखिनेगरी विवाद आएको छैन । साविक महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रेमश कुमार भट्टराई आफैमा अनुभवी व्यक्तित्व भएकाले पनि उनले धेरै हदसम्म समस्याको समाधान गरिरहेका छन् । हाल साविक प्रभु लाइफका सिइओ सन्तोष प्रसाइ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत छन् । उनि बाहेक नायव प्रमुख कार्यकारी अधिकृतमा तीन जना रहेका छन् । कम्पनीले मर्जर गर्नु भन्दा अगाडी नै विभागिय प्रमुखदेखि लिएर उच्च व्यवस्थापनको भुमिकालाई विभाजन गरिसकेको थियो । त्यसैले अहिलेसम्म समस्या आएको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया