Nepal Life

पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 06:28
पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ
National Life

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डंगोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “काठमाडौँ कलंकीस्थित सेतो खरायो रेष्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले निजलाई गए राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।”

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको सङ्लग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया