साउन ३२ गतेदेखि म्यचुअल फण्डको इकाई जारी गर्दै हिमालयन क्यापिटल

  • BFIS News
  • 2023 Aug Wed 06:12
साउन ३२ गतेदेखि म्यचुअल फण्डको इकाई जारी गर्दै हिमालयन क्यापिटल

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि हिमालयन ८०–२० को इकाई जारी गर्ने भएको छ । योजना व्यवस्थापकको रुपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

योजना सञ्चालनका लागि विक्री गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ ।  बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

यी इकाई खरीदका लागि न्यूनतम १०० अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस इकाई विक्री अवधि छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । योजना व्यवस्थापकसँगै हिमालयन क्यापिटलले योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गर्नेछ । 

१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार