हिमालयन रि–इन्स्योरेन्सको लक-इन अवधि असार १० गते समाप्त हुने

  • BFIS News
  • 2024 Jun Tue 08:11
हिमालयन रि–इन्स्योरेन्सको लक-इन अवधि असार १० गते समाप्त हुने

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको सेयरको लक-इन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ। सामूहिक लगानी कोषका लागि छुट्याइएको १५ लाख कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँट गरेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त बाँडफाँट गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयर लक-इन अवधिमा रहेको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया