Nepal Life

नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड् ५ को अब प्रि–अर्डर सुरु

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 06:13
नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड् ५ को अब  प्रि–अर्डर सुरु
Sanima Reliance

काठमाडौं । सामसङले आफ्नो ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ । प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउने कम्पनीले जनाएको छ । 

NIMB

 नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसंगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको छ । यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन् । लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसंग हुने सम्भावनालाई रुपान्तरण गरेको छ ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि  ग्राहकहरुले २०८० साउन २२ गतेदेखि नै यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि-अर्डर गर्न सक्नेछन् र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक  स्टोरहरुमा गइ गर्न सक्नेछन् । 

ग्यालेक्सी जेड फ्लिप ५ यसको बजार मुल्य ८ं२५६ जिबिको मोडलको लागि १३९,९९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३ं३२ जिबि) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५,००० रुपैयाँ र सामसङ ए७ लाइट एलटिइको लागि २००० रुपैयाँ अतिरिक्त व्यहोर्नु पर्ने कम्पनीले बताएको छ ।

ग्यालेक्सी जेड फोल्ड ५ विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध छन । ग्यालेक्सी जेड फोल्ड ५,१२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका छन् ।

ग्यालेक्सी जेड फोल्ड ५ (१२ंं२५६ जिबि) को मुल्य २२६,९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ं५१२ जिबि) को मुल्य २३९,९९९ रुपैयाँ कायम गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२ंं२५६ जिबि) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् उदाहरणको लागि ग्राहकहरुले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा ३००० रुपैयाँ थपेर २४ इन्चको सामसङ मोनिटर वा ४०,००० रुपैयाँ थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।

समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा २५,००० रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि ृपयोग गर्न सक्नेछन् । न्यूनतम इएमआइ प्रति महिना ७,००० रुपैयाँका दरले शुन्य प्रतिशत ब्याजमा शुरु हुनेछ । ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन् ।

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको छ । साथै क्ष्एह्ड को समर्थन, अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया