NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा, लाभांश वितरणको प्रस्ताव पेश हुने

National Life
  • BFIS News
  • 2024 Jun 11 10:34
नेपाल लाइफ इन्स्योरेन्सको एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा, लाभांश वितरणको प्रस्ताव पेश हुने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बस्ने गरी बोलाएको छ। कम्पनीले २३ औं र २४ औं वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने भएको हो।

Shikhar
NIMB

जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १८ गते वीरगञ्जमा रहेको होटल भिष्वामा बिहान ९ बजे साधारण सभा बोलाएको छ।

सभामा आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट तीनजना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट तीनजना सञ्चालक तथा एकजना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।

कम्पनी नियमावलीमा गरिने संशोधनमाथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

सभामा आव २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया