NIMB Header 2
Prabhu Mahalaxmi

'नाडा अटो शो २०२४' को मिति तय, स्टल बुकिङ जेठ ३१ गतेदेखि

United Ajod
  • BFIS News
  • 2024 Jun 12 15:56
'नाडा अटो शो २०२४' को मिति तय, स्टल बुकिङ जेठ ३१ गतेदेखि
IME LIFE

काठमाडौं । नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले  ‘नाडा अटो शो २०२४’ आयोजनाको मिति तय गरेको छ। नाडाले आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म १६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।

Nepal Life
NIMB

काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।

अटो शोमा विभिन्न चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन, ढुवानीका साधनहरू, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणका स्टल हुने गर्छन्।

नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजश्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्‍याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने छ।

 

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया