NIMB Header 2
Nepal Life

साताको पहिलो कारोबारकै दिन ओरालो लाग्यो नेप्से, वित्त समूहमा लगानीकर्ताको आकर्षण

National Life
  • BFIS News
  • 2024 Jun 23 15:59
साताको पहिलो कारोबारकै दिन ओरालो लाग्यो नेप्से, वित्त समूहमा लगानीकर्ताको आकर्षण
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक ५.३७ अंकले घटेको छ। आज नेप्से ०.२५ प्रतिशतलले घटेर २०६२.९४ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५० करोड रूपैयाँले वृद्धि भएको हो।

यस दिन ३१७ वटा धितोपत्रको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच भएको हो। आइतबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मौलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशतका दरले बढेको छ भने नेपाल फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

ग्लोबल आइएमई लघुवित्तको मूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४२० रूपैयाँ कायम भएको छ। यस्तै, सनराइज ब्ल्युचिप फण्डको मूल्य ५.२४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रूपैयाँ ९६ पैसामा झरेको छ।

आइतबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६६२ रूपैयाँ ९० पैसामा १७ करोड १३ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.९५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३६ रूपैयाँ ४० पैसामा १३ करोड ५८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त अन्य र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको हो।

यसदिन वित्त समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया