गभर्नर अधिकारीको मुद्दा सुनुवाइ भएन, हेर्न नभ्याइनेमै सकियो

  • BFIS News
  • 2023 Aug Thu 16:43
गभर्नर अधिकारीको मुद्दा सुनुवाइ भएन, हेर्न नभ्याइनेमै सकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दालाई आज न्यायाधिश द्धय प्रकाश कुमार ढुंगाना र कुमार चडालको संयुक्त इजलासले हेर्न नभ्याए पछि पेशी सरेको छ । सर्वोच्च अदालतमा विचाराधीन गभर्नर अधिकारीको मुद्दाको पेशी आज पनि सरेको हो ।

उनको यो मुद्दा लगातार तेस्रो पटक सरेको हो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार मार्फत २०७९ वैशाखमा गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यस मुद्दामा सर्वोच्च अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । यस मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै  अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सोहि इजलाशले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

त्यस्तै बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बैशाख ६ गतेको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको थियो  । अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनलाई सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो  । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन्  ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया