Nepal Life

मौद्रिक नीतिबाट व्यक्तिगत समस्याको सम्बोधनको आशा गरियो, गभर्नर महाप्रसाद अधिकारीको विचार

Global Ime detail Page
  • महाप्रसाद अधिकारी
  • 2024 Jun Tue 14:37
मौद्रिक नीतिबाट व्यक्तिगत समस्याको सम्बोधनको आशा गरियो, गभर्नर महाप्रसाद अधिकारीको विचार
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथ्याङ्कमा आधारित हुन्छन् । हिजोका दिनमा वित्तीय अवस्थालाई हेरेर मौद्रिक नीतिमा केहि सहुलियत दिइएको थियो । तर आजको अवस्थामा कसैले पनि त्यस्तै किसिमको मौद्रिक नीतिको अपेक्षा गर्नु भएको छैन । तर हामीले के देखिरहेका छौ भन्दा कतिपयले आफ्ना व्यक्तिगत समस्याका विषयमा संबोधन भए हुन्थ्यो भन्ने चाहना व्यक्त गरिरहनु भएको छ ।

NIMB

आफ्नो कर्जा अत्याधिक मात्रामा फुलेको छ । प्राप्त गर्न सक्ने जति लिइएको छ जसले गर्दा दवावमा परिएको छ । यस पछि ‘यो गर्दा हुन्छ कि, यसो गर्दा हुन्छ कि, राज्यले मलाई सहयोग गरिदिन्छ कि भन्ने एक किसिमको आशा छ । यसरी आशाको अन्तिम त्यान्द्रो मौद्रिक नीति प्रति देखिन्छ ।

मौद्रिक नीतिका आफ्नै सिमा छन् । यसले आफुलाई धेरै फैलाउन सक्दैन । तोकिएका सिमा भित्र बसेर हामीले काम गर्नु पर्छ । यहाँनेर हामीलाई बुझिदिनु पर्छ । कतिपय साथिहरुले धितोको भ्यालु बढाइदिनु पर्यो भन्नेसम्मका प्रसंग निष्किएका छन् ।

यति ‘मोनिटरी भ्यालु रसियो’ हुँदा त धेरै जना प्रभावित भइरहनु भएको छ । जसले गर्दा कर्जाको आकार अधिक मात्रामा फुलेको छ । त्यो भन्दा पनि बढाउने हो भने अर्को वर्ष फेरी उहाँहरु नै बैंकलाई साचो बुझाउछु भनेर आउनु हुन्छ । त्यो समस्या त दोहोरिन्छ नि त ।

यहाँ नीति निर्माणको भुमिका के हुनु पर्यो भने ‘सकभर कसैलाई पनि ऋणमा डुबाउने खालेको हुनु हुँदैन ।’ यसका आफ्नै सिमा छन् र ति सिमा भित्र रहनु पर्छ । त्यो खालको वातावरण बनाउनु पर्छ ।

हामीले सँग सँगै रिफर्म पनि गर्दै जानु पर्छ । एक खालको रिफर्म हामीले गर्दै आएका छौ । त्यसमा धेरै विरोध भए पनि उहाँहरुले पचाइसक्नु भएको छ । वर्किङ क्यापिटल सम्बन्धी निर्देशिका आफैले कुनै पनि ऋणीलाई वास्तविक कर्जा प्राप्त गर्नका लागि बाधा अड्चन पुर्याउनेवाला छैन ।

यहाँ वर्किङ क्यापिटल सुपरभिजनमा साथिहरुको के कुराको बुझाइमा कमि छ भने, त्याहा ३०/४० प्रतिशत टर्नओभर भनिएको छ । त्यो भनेको वर्किङ क्यापिटलको आवश्यकता हो । अर्थात सिजनल किसिमका व्यवसायमा तोकिएको व्यवस्था हो । कसैको आधारभुत रुपमै वर्किङ क्यापिटलकै आवश्यकता धेरै छ । सधैलाई वर्किङ क्यापिटल आवश्यक पर्छ भन्ने छैन भने त्यसका लागि कुनै सिमा छैन । ठुला व्यवसायीहरुले मलाई आएर गुनासो गर्नु भयो । मलाई मेरो बैंकले त यस्तो भन्यो भन्दै आउनु भयो । हामीले बसेर छलफल गर्यौ ।

उहाँहरुको विगत ५ वर्षदेखिको वित्तीय अवस्था हेर्यौ । स्थायी रुपमा वर्किङ क्यापिटलको आवश्यकता धेरै छ । उहाँहरु सँग स्टक प्रशस्त छ । नियमित रुपमा लिनु पर्ने तीन चार महिनाको छ । अहिले त ६ महिनासम्मको छ । उहाँहरुलाई कुनै पनि सिमा नराखी एकदेखि १० वर्षको वर्किङ क्यापिटल लिन सक्ने सुविधा दिएका छौ । यहाँ समस्या कहाँ भयो भन्दा विरोधका लागि विरोध गर्ने । यसरी विरोध गर्ने भन्दा पनि समस्या कहाँनेर छ हामीकोमा ल्याइदिनुहोस् । मैले बैंक वित्तीय संस्थाका साथिहरुलाई वास्तविक प्रपोजललाई अगाडी बढाउनुहोस् भनेको छु । जोखिम विश्लेषण गर्नुहोस् ।

हामीले ग्राहक संरक्षणका लागि छुट्टै समुह तयार पारेका छौ । अर्को वर्षदेखि हामीले मार्केट प्रोटेक्सन सुपरभिजन गर्दै छौ । रेगुलेसनबेस सुपरभिजन मात्रै होइन कि ग्राहकको संरक्षण सम्बन्धी सुपरभिजन पनि गर्दै छौ ।  

छलफलका क्रममा कतिपयले बैंकमा कर्जा लिदा कमिशन लिन्छन् भन्ने कुरा आयो । हाम्रा लागि यो सह्य छैन । कसैले यस्तो गरेको छ भने हामीलाई प्रमाण सहित नाम दिनुहोस् हामी कारबाही गर्छौ । यदि होइन भने सार्वजनिक कार्यक्रममा कसैले पनि यस्ता कुरा गर्दै नहिड्नुहोस् । हामीले कयौलाई कारबाही गरेका छौं । केन्द्रिय बैंकका लागि यो भन्दा दुखदायी कुरा अरु केहि पनि हुँदैन ।

प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहका विषयमा धेरै प्रश्नहरु उठ्ने गरेका छन् । हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुकमा यस्ता कुराहरु जरुरी छ । विकसित अर्थतन्त्रमा यस्ता कुराले अर्थ नराख्ला । हामीले उर्जा क्षेत्रमा १० प्रतिशत कर्जा अनिवार्य गरेका छौ । आजका दिनमा ३३ सय मेगावाट विद्युत उत्पादनका लागि हामीले ठुलो योगदान पुर्याएका छौ ।

बैंकरको के सोचाइ हुन्छ भने, जहाँ एकदमै कम जोखिम छ । जुन ग्राहकले आयात गर्छ । उसले आयातका लागि कर्जा लिन्छ । सामान आयात हुने वित्तीकै बिक्रि गरेर कर्जा भुक्तानी गरिहाल्छ । यसले बैंकहरुले सजिलो भयो नि त । तर राज्य तथा सरकारको उद्देश्य त त्यो होइन नि । हामीले उत्पादन बढाउनु छ । आन्तरिक उत्पादन गरेर रोजगारी बढाउनु छ । यस्तो अवस्थामा बैंकिङ प्रणालीले गर्ने सहयोग के हो भन्दा स्रोतहरुलाई उत्पादन क्षेत्रमा लगानी गर्नु हो । यसैका लागि हामीले २०८४ सम्ममा कर्जाको १५ प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नु पर्छ भन्यौ । जसले गर्दा हामीले ३ खर्ब भन्दा बढि आयातलाई रोक्न सक्छौ । त्यस्तै साना उद्यमीहरुलाई प्रवर्द्धन गर्नु पर्छ भन्यौ । उनिहरु अर्थतन्त्रका खम्बा हुन् । प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गर्ने हाम्रो नीति छ । त्यसमा करिव ३० लाख ग्राहकहरु आवद्ध छन् ।

माइक्रोफाइनान्सले महिलाहरुलाई प्रत्यक्ष रुपमा लगानी गरि आय आर्जनको बृद्धिमा ठुलो मद्दत पुर्याएको छ । यस क्रममा बजारमा केहि इस्युहरु आउछन् । काम गर्दा नै यस्ता इस्युहरु आउने हो । जसले काम गर्छ उसको बारेमा कुरा हुन्छ । यसलाई अन्यथा मान्नु हुँदैन । उनिहरु फिल्डमा छन् । उनिहरुले काम गरेका छन् । त्यसैले इन्स्यु आएको हो । साथिहरु इस्यु आयो भनेर डराउनु हुँदैन । बैंकहरु साथिहरुले समस्या भयो चुनौती भयो भनेर डराउनु हुँदैन । हामी जस्ता म्यानेजरका लागि कच्चा पदार्थ हो । हाम्रो जस्तो क्षेत्रमा प्रत्यक्ष लगानी र प्राथमिकता क्षेत्रमा लगानी आवश्यक छ । त्यहि अनुसार परिपक्व हुनु पर्छ । बैंकरहरु जिम्मेवारी र अनुशासित हुनु पर्छ । आफ्नो पोर्टफेलियो आफैले बृहत बनाउनु पर्छ ।

वित्तीय क्षेत्र नियमनमा रहनु पर्छ । नियमन भएन भने हामी पनि सहकारी जस्तै हुन्छौ । नियमन हुँदैमा आत्तीनु पर्दैन । यहि नियमनले नै समग्र वित्तीय प्रणालीलाई नै जोगाएको छ । जसले सबैको विश्वास जगाएको छ । यद्यमी बैंकहरुले आफ्नो शेयर बिक्री गरेर बाहिरिदै गर्दा पनि कसैले संका गर्ने अवस्था बनेको छैन । नियमित आवश्यक छ हामीले त्यहि अनुसार गरिरहेका छौ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा हामीले तयारी गरिरहेका छौ । सबैका सल्लाह सुझाव लिइरहेका छौ । सबैका सुझावलाई यथोचित छलफलमा लैजाने छौ । यति हुँदा हुँदै पनि मौद्रिक नीतिका सिमा छन् ।

(गभर्नर महाप्रसाद अधिकारीको उक्त विचार आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रि मोनिटरी पोलिसी डिस्कसनमा व्यक्त मन्तव्यबाट तयार पारिएको हो ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया