Nepal Life

मौद्रिक नीतिले निर्माण, एसएमई तथा माइक्रो क्षेत्रका ऋणीलाई सहजिकरण गर्नु पर्छ, बैंकर्स संघका अध्यक्ष केसीको विचार

Global Ime detail Page
  • सुनिल केसी
  • 2024 Jun Wed 13:18
मौद्रिक नीतिले निर्माण, एसएमई तथा माइक्रो क्षेत्रका ऋणीलाई सहजिकरण गर्नु पर्छ, बैंकर्स संघका अध्यक्ष केसीको विचार
Sanima Reliance

काठमाडौं । सरकारले बजेट सार्वजनिक गरे सँगै सबै जनाले साउनको पहिला सातामा आउने मौद्रकि नीतिलाई पर्खिरहेका छन् । हामी बैंकरहरु वर्षभरि नै नेपाल राष्ट्र बैंक सँग नियमित रुपमा छलफलमा रहेका हुन्छौ । मौद्रिक नीतिका लागि पनि हामी अझै छलफल गर्ने छौ ।

NIMB

बैंकिङ क्षेत्र नेपालको अर्थतन्त्रका लागि प्रमुख खम्बा हो । पछिल्लो समय हामी केहि दवावमा पनि छौ । बैंकहरुलाई लक्षित भएर धेरै गतिविधि भइरहेका छन् । यसलाई सरकारले पनि रोक्न नकसक्दा हाम्रो कन्फिडेन्स लेभल घटिरहेको छ । बैंकहरुको पछिल्ला ४/५ वर्षदेखिको मुभमेन्ट हेर्ने हो भने आरओइ (रिटर्न अन इक्वीटी) एकदमै घटेर गएको छ । ४ अर्ब ५ अर्ब नाफा भएको देखिन्छ ।

टप बैंकहरुलाई हेर्ने हो भने पनि वितरणयोग्य मुनाफा ऋणात्मक छ । १०/१२ वटा भन्दा धेरै बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । के बैंकिङ क्षेत्रलाई यसरी छोड्न सकिन्छ ? यो गहन छलफलको विषय बनेको छ । सबै जिम्मेवार निकायले जिम्मेवारी पुर्वक सोच्नु पर्ने वेला भएको छ हामीले अनुभुत गरेका छौ । किनभने बैंकिङ एउटा विश्वासको व्यवसाय हो । आजको दिनमा ५ करोड ४० लाख भन्दा धेरै खाताहरु सञ्चालन गरिरहेका छौ ।

छरिएर रहेको पूँजीलाई हामीले संकलन गरेका छौ । कुल गार्हस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन गरेका छौ । ६२/६३ सय अर्बको निक्षेप लिएर लगानी गरिरहेका छौ । यस्तो क्षेत्रमा आक्रमण भइरहदा यसलाई जोगाउन हामी सबै जना लाग्नु पर्छ । यसमा नीजि क्षेत्रको पनि उत्तीकै भुमिका रहन्छ । नीजि क्षेत्र र बैंकिङ उद्योग हामी एउटै कोटमा छौ । यहाँहरुको प्रस्तुतिले नै हाम्रो प्रस्तुतिलाई गाइड गर्ने भएकाले मौद्रिक नीतिको समिक्षाका क्रममा पनि हामी यस नीतले नीजि क्षेत्रको कन्फिडेन्स बढाउनु पर्छ भनिरहेका छौ । नीजि क्षेत्रले राम्रो प्रगति गरेको दिन आज हामी जति पनि समस्याहरु भनिरहेका छौ ति सबै समाधान भएर जाने छन् ।

आजका दिनमा सबैभन्दा धेरै समस्यामा परेको क्षेत्र निर्माण रहेको छ । ग्रोथदेखि लिएर धेरै हिसावले पछाडी परेको छ । यो यस्तो क्षेत्र हो जसले अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण भुमिका खेल्छ । यस्ता क्षेत्रलाई मद्दत गर्ने गरी मौद्रिक नीति आयो भने त्यो हाम्रो पनि समाधान हो । यदि अहिले सरकार सँग पैसा छैन भने बैंकिङ क्षेत्रमा प्रायाप्त रकम छ । यदि त्यस्ता क्षेत्रमा पैसा प्रवाह गर्ने गरि बण्ड जारी हुने हो भने हामीले लगानी गर्न सक्छौ । यसमा निश्चित प्राविधिक जटिलताहरु होलान् तर हामीले बाहिर सुन्दा तथा सँगै बस्दा अवस्था जटिल नै छ ।

अहिले अर्को धेरै प्रभावित एसएमई तथा माइक्रो क्षेत्र सबैभन्दा प्रभावित छ । जसले गर्दा खराव कर्जाको अनुपात पनि बढाइरहेको छ । कोभिडको समयमा नेपाल राष्ट्र बैंकले धेरै राम्रो भुमिका खेल्यो । तर संसादर भरि नै स्टिमुलस प्याकेजहरु ल्याइए । तर अहिलेसम्म पनि त्यो क्षेत्रले स्ट्रगल गरिरहेको छ । यस क्षेत्रलाई हामीले अझै पनि सपोर्ट गर्नु पर्ने जरुरी छ । यसलाई मौद्रिक नीति मात्रै नभएर कतिपय बाहिरि अन्य कुराहरुले पनि प्रभाव पार्छ । यि सबै कुराहरुलाई हेरेर अगाडी बढ्नु पर्छ । यसको समग्रमा जिडिपीमा धेरै ठुलो योगदान रहेकाले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउनेछ ।

नेपाललाई मात्रै हेरेर बैंकरहरुले ऋण दिन जानेनन् त्यसैले खराव कर्जा बढ्यो भन्ने कुराहरु पनि आउलान् तर यसमा धेरै कारणहरु छन् । एउटा कारण समग्र अर्थतन्त्रमा स्लो डाउन भयो । नीतिगत अस्थिरताका कुराहरु पनि छन् । पोष्ट कोभिड प्रभाव लगायतका धेरै कारणले जेलिएको छ । यति हुँदा हुँदै पनि आजका दिनमा हाम्रो खराव कर्जा ४ प्रतिशत भन्दा तल छ । आजका दिनमा श्रीलङ्काको खराव कर्जा १३ प्रतिशत छ, बंगालदेशको १० प्रतिशत, पाकिस्तानको ७ प्रतिशत छ । त्यसैले बैंकिङलाई कसरी निरास बनाउने भन्दा पनि बैंकिङ क्षेत्रले कसरी योगदान पुर्याइरहेको छ भनेर हेर्नु पर्छ । गएको वर्षमा मात्रै हामीले ३०/३२ अर्बको कर तिरेका छौ । ८५/८६ हजारले बैंकिङ कै कारण रोजगारी सिर्जना भएको छ ।  त्यसैले बैंकिङ उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएनौ भने धेरै समस्यामा परिनेछ ।  

नेपालमा सबैभन्दा पारदर्शी क्षेत्र कुनै छ भने त्यो हो बैंकिङ । बैंकिङका विषयमा केहि समस्या छन् भने त्यो राष्ट्र बैंक समक्ष पनि राख्न सकिन्छ तर त्यतिकै भन्नका लागि मात्रै आरोप लगाउदा यस क्षेत्रलाई नकारात्मक असर पर्छ । बैंकिङ क्षेत्रमा भोलि केहि समस्या देखियो भने नेपालमै ठुलो समस्याको रुपमा अगाडी आउनेछ । पछिल्लो समय हामी ग्रिन फाइनान्सिङ तथा ग्रिन इकोनोमिका कुराहरु गरिरहेका छौ । नेपाल राष्ट्र बैंक पनि ग्रिन ट्याक्स इकोनोमि ल्याउने तयारीमा छ । अहिले जुन जुन बैंकहरुले यस क्षेत्रमा काम गरिरहेका छन् त्यसलाई हेर्न त्यति सजिलो पनि छैन । संसारभर जुन किसिमले ग्रिन फण्डिङ उपलब्ध छन् त्यसलाई नेपालमा ल्याउने व्यवस्था गरिनु पर्छ । अन्तमा अहिलेको अवस्थामा हामी सबै जना मिलेर अगाडी बढ्न सकियो भने मात्रै समाधानको बाटो तर्फ जान सक्छौ । बैंकले कारोबार गर्नु पर्ने भएकाले केहि न केहि समाधान खोज्नै पर्नेछ ।  

(प्रस्तुत विचार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रि मोनिटरी छलफल कार्यक्रममा व्यक्त मन्तव्यका आधारमा तयार पारिएको हो ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया